दैलेख महाेत्सवकाे दाेस्राे दिन (तस्विर सहित)

मातृभूमी संवादाता । २५ फागुन दैलेख
दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन, औधोगिक तथा व्यापार मेला, दैलेख महोत्सवको दोस्रो दिन (शनिवार) हजारौँ दर्शकले अवलोकन गरेका छन् । शुक्रवारदेखि दैलेख सदरमुकामको काँडाचौरमा शुरु भएको महोत्सवको दास्रो दिन राष्ट्रिय तथा स्थानीय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहेको थियो ।

दैलेख महाेत्सवकाे दाेस्राे दिन उपस्थित दर्शकहरू । तस्विर मातृभूमी अनलाइन

दोस्रो दिनको महोत्सवमा प्याराग्लाईडिङका साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार नायक, गायक, रचनाकार तथा संगितकार दुर्गेश थापा, लोकेन्द्र जि.सी. (कुमार), धनराज चुनारा लगाएतका कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।

दैलेख महाेत्सवमा अाफ्नाे नृत्य प्रस्तुत गर्दै दैलेखी राइजिङ स्टार युवा क्लवका कलाकारहरू । तस्विर मातृभूमी अनलाइन
दैलेख महाेत्सवमा अाफ्नाे नृत्य प्रस्तुत गर्दै स्टार डान्स क्लवका कलाकारहरू । तस्विर मातृभूमी अनलाइन

उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा सञ्चालन भएको महोत्सव फागुन २४ गते देखि सुरु भई चैत्र ४ गते सम्म सञ्चालन हुनेछ ।

दैलेख महाेत्सवमा प्रर्दशनीमा राखिएका कृषी सामाग्रीकाे अवलाेकन गर्दै दर्शकहरू । तस्विर मातृभूमी अनलाइन

दैलेख महाेत्सवलाइ प्याराग्लाइडिङ मार्फत अवलाेकन गरिदै । तस्विर मातृभूमी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *