बालविवाह कसूरमा दुई महिना कैद तर सजाय स्थगन
मातृभूमी संवादाता । १८ फागुन दैलेख
बालविवाह गरेको कसूरमा १८ वर्ष मुनिका बालबालिकालाई दैलेख जिल्ला अदालतले २ महिना कैद र जनही ५ हजार रुपैंयाँ जरिवाना गरेको छ । भैरबी गाउँपालिका–१ रावतकोट परिवर्तित नाम ‘ई’ र महाबु गाउँपालिका–२ बडाखोलाकी १८ वर्षीया परिवर्तित नाम ‘एफ’लाई उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिए ।
गएको भदौ ६ गते बालविवाह गरेका भन्दै महाबु गाउँपालिका–२ बडाखोलाका रामबहादुर थापाले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा भदौ १६ गते पक्राउ गरी चलाएको बालविवाह मुद्दामा असोज १५ अदालतमा मुद्दा पेश गरेपछि आरोपितहरु साधारण तारेखमा छुटेका थिए ।
कसूरदार दुबै जना १७ वर्षका भएको कारण १८ वर्ष मुनिका बालबालिकालाई उनीहरुको परिवर्तित नाम राखी बालबिज्याँई तर्फ मुद्दा लिनुपर्ने बाल न्याय कार्यविधि २०६४ अनुसार ‘ई’ र ‘एफ’ दिएर कारवाही चलाइएको थियो ।
कार्यविधिले सजाय तोकेर पनि बालबालिकालाई सुध्रन सक्ने अवस्थामा सजाय कार्यान्वयन नगर्न पनि सक्ने कानूनी प्रावधान अनुसार जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उनीहरुको सजाय स्थगन गरिएको प्रवक्ता आचार्यले वताए ।