विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला सम्पन्न
मातृभूमी संवादाता । २९ फागुन दैलेख
लुथरन वल्र्ड फेडेरेसन नेपालको सहयोगमा समुदायमा आधारित संस्था महासंघ दैलेखको आयोजनामा सञ्चालित २ दिने जिल्ला स्तरीय विपद् पूर्वतयारी तथा योजना निर्माण कार्यशाला गोष्ठि दैलेख सदरमुकामकाममा सम्पन्न भएको छ ।
स्थानीय तहका प्रमुख, विपद्को बेला उद्धार तथा राहतमा संलग्न हुने निकायका प्रतिनिधि र सरोकारवाला समेत ५० जना भन्दा बढीको सहभागिता रहेको कार्यशाला गोष्ठिमा विपद् व्यवस्थापनका तवर तरिका, कानूनी व्यवस्था, पूर्वतयारी र प्रतिकार्य योजनाका विषयमा ऋतुवर्ण सिलवालले सहजीकरण गरेका थिए ।
जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा लुथरन वल्र्ड फेडेरेसन नेपालका कार्यक्रम अधिकृत मानध्वज खत्री, चामुण्डा नगरपालिका उपप्रमुख तारा शाही र नेपाल रेडक्रस सोसाइटीका लिल्ला सभापति खेमराज केसीले कार्यशालामा सिकेको ज्ञान, सीप र यसको उपयोगिता विषयमा प्रकाश पारेका थिए ।