सुरक्षामा कुनै कमी हुदैन : प्रजिअ वाँस्कोटा
मातृभूमी संवादाता । २९ फागुन दैलेख
यहाँका स्थानीय तहका प्रमुखहरूसँग जिल्ला सुरक्षा समितिले संयुक्त बैठक गरेको छ । विप्लव समूहको चन्दा र राजीनामा दिने धम्कीको बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशबिक्रम शाहसँग सोमवार स्थानीय सरकारका प्रमुखहरूले सुरक्षा चुनौती विषयको कुरा उठाएपछि जिल्ला सुरक्षा समितिले सयुक्त वैठक गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय दैलेखमा भएको संयुक्त बैठमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र अनुसन्धान प्रमुखको उपस्थिति रहेको थियो । दैलेखमा विप्लव माओवादी समूहसँग सुरक्षा चुनौती देखिएको दैलेखका स्थानीय सरकारको गुनासोपछि प्रजिअ बाँस्कोटाले शान्ति सुरक्षाको व्यवस्था गर्न दैलेखको सुरक्षा समिति तयार रहेको बताए ।
प्रजिअ वाँस्कोटाले यस्ता गतिविधिका बारेमा तत्काल स्थानीय सुरक्षा पदाधिकारीहरुसँग समन्वय गरेर अगाडि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधीहरुलाई सुझाव दिए । उनले भने, ‘तपाँईहरु ढुक्क भएर काम गर्नुहोस्, अराजक गतविधिका बारेमा शंका लागे सुरक्षा निकायमा खवर गर्नुस् ।’ चन्दा दिने र लिने दुवै शत्रु भएकाले त्यस्तो भएको भेटिएमा लिने दिने दुवैलाई कारबाही प्रक्रिया अगाडि बढाईने बाँस्कोटाले चेतावनी दिए ।
स्थानीय सरकार प्रमुखहरुले आफूहरु जनताबाट निर्वाचित भएकाले जनताको भावना अनुसार विकासका कामहरु गर्ने र राज्यको शासन प्रर्णाली विपरीत काम गर्ने कसैलाई पनि चन्दा वा अर्को नाममा सहयोग नगर्ने बताएका छन् । संविधानमा सबै अधिकार प्राप्त भइसकेपछि संविधान विपरीत कार्य गर्ने कसैलाई सहयोग नगर्न आफुहरुले कार्यपालिका बैठकमा कुरा उठाउने र स्थानीय र जिल्लाका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताएका थिए ।
दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले विप्लवका कार्यकर्ताहरुको सबै गतिविधिहरुलाई जिल्ला सुरक्षा समितिले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको बताउँदै कुनै पनि स्थानमा अराजक गतिविधिहरु हुन नदिनेतर्फ प्रहरी सचेत रहेको वताए । बैठकमा अन्य विभिन्न सुरक्षा रणनीतिबारेमा पनि छलफल भएको थियो ।
विकास गतिविधिलाई दीगो, प्रभावकारी गर्न आग्रह
सुरक्षा समितिको वैठकमा स्थानीय तहका विकासे गतिविधिलाई दीगो, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिकास बजेटको समुचित प्रयोग गर्न योजना निर्माण, कार्यान्वयन प्रभावकारिता, अनुगमन प्रणाली लगायतका काममा समन्वय विषयमा सहकार्य हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले आग्रह गरे ।
‘समृद्ध नेपाल ः सुखी नेपाली’ सरकारको नारालाई कार्यान्वयन गर्न विपन्न र पिछडिएको जाति, वर्ग क्षेत्र तथा लक्षित वर्गसम्म सेवा सुविधा पु¥याउन आफूहरु तत्पर रहेको स्थानीय तहका प्रमुखहरुको भनाई रहेको थियो ।