नागरिकको सहयोग विना विकास हुदैन : मन्त्री रावल

मातृभूमी संवादाता । ३ चैत्र दैलेख
नागरिकको सहभागित विना विकास निर्माणलाई दु्रत गतिमा अगाडी बढाउन नसकिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताएका छन् । आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिका ५ मा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण भएको भवनको उद्घाटन र नयाँ भवनको शिलान्यास गर्दै मन्त्रि रावलले यस्तो बताएका हुन् । उनले भने ‘जव सम्म नागरिकले नै विकास गर्नुपर्छ भन्नेबारेमा चेतना हुदैन, तबसम्म विकास निर्माणले दु्रत गति लिन सक्दैन ।’ मन्त्रि रावलले विकास निर्माण र समृद्धिका लागि नागरिकनै अग्रसर हुनुपर्नेमा उनले जोड दिए । सरकारले बजेट दिएर बाटो देखाउने हो । काम गर्ने नागरिककै जिम्मेवारी हो ।
मुलुकमा राजनीति लडाई सकेर पुराना व्यवस्थाको अन्त्य गरेका छौँ । अबको लडाई आर्थिक समृद्धिको हो ।’ मुलुकलाई आर्थिक समृद्ध बनाउन सबै आ–आफ्नो ठाँउबाट लाग्नुपर्छ । हिजो व्यवस्था परिवर्तन गर्दा जसरी हामी सबै एकजुट भएर लागेका थियो, ‘आर्थिक रुपमा बलियो बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाई थियो । उनले सुखी नेपाली ः समृद्ध नेपाल बनाउनका लागि कर्णाली प्रदेश सरकारले विकासको गोरेटो बाटो कोरिरहेको बताए । आगामी वर्षमा विकास निर्माणलाई कर्णाली प्रदेश सरकारले त्रीव रुपमा अघि बढाउने जानकारी दिए ।
स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा जोडदिन उनले आग्रह गरे । ‘संविधानले आधारभुत शिक्षा र माध्यमिक शिक्षा स्थानीय तहलाई अधिकार दिएको छ । स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकता दिनुपर्नेमा जोड दिए ।
जनतालाई अति आवश्यक पर्ने भएकाले स्थानीय तहले नजिक भएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य तर्फ ध्यानदिनुपर्ने बताउँदै ठूलो योजनालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । यसैगरी संघियतालाई कार्यान्वय गर्नका लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोडदिए । उनले भने ‘जबसम्म स्थानीय तहलाई बलियो बनाउन सकिदैनन, तबसम्म संघियतालाई कार्यान्वय गर्न सकिदैन ।’ संघियतालाई टिकाउन स्थानीय तह आर्थिक रुपमालाई बलियो बनाउनु पर्छ ।’ कार्यक्रममा प्रदेश सभाका सदस्य हिमबहादुर शाहीले राजनीति युगको अन्त्य भएको बताए । उनले भने ‘अबको युग भनेको राजनीकिको युग होइन, ‘अबको युग भनेको विकासको युग हो ।’ कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरिरहेको जानकारी दिए । रोजगारी सिर्जना सैद्धान्तिक शिक्षा भन्दा व्यवसायिक शिक्षामा जोडदिएको वताए । नगरपालिकाले शिक्षा र स्वास्थ्यालाई पहिलो प्रथामिकता राखेको उप–प्रमुख ताराकुमारी शाहीले बताईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर विकको अध्यक्षता भएको कार्यक्रममा पुर्व जिल्ला विकास समितिका उप सभापति एवम् नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, वडा अध्यक्ष नारायण प्रसाद रेग्मी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
उद्घाटन गरेको भवनको आय ब्यय भने विद्यालय प्रशासनले सार्वजनिक गरेको छैन । नयाँ शिलान्यास गरिएको भवनको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट २० लाख विनियोजित भएको थियो । सो रकमबाट दुई कोटे भवन बनाउने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *