घरदैलोमा स्वास्थ्य सेवा पुर्याउँदै चामुण्डा

मातृभूमी संवादाता । ४ चैत्र दैलेख
गर्भ जाँच गर्न उकालो बाटो हिडेर स्वास्थ्य चौकी कोही कसैलेपनि जानु नपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका नगरप्रमुख सूर्यबहादुर शाहीले बताएका छन् । सोमबार नगरपालिकाको वडा नं. ७ पालेतडाको शहरी स्वास्थ्य क्लिनिको उद्घाटन गर्दै नगरप्रमुख शाहीले यस्तो बताका हुन् ।
कोही कसैलेपनि २-३ घण्टा उकालो बाटो हिडेर स्वास्थ्य चौकी गएर गर्भ जाँच÷प्रथाकिम उपचार गर्नु पर्ने बाध्यताको अन्त्य भएको उनले बताए । उनले भने ‘नगरभित्रका गर्भवति महिलाले चेकजाँच गर्न स्वास्थ्य चौकी जानुपर्दैन, ‘शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीले प्रत्येक महिना तपाईको घरदैलोमै पुगेर गर्भ जाँच गर्नेछनर ।’
जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र ५ वर्ष मुनिका बालबालिकालाई घरमै पुगेर उपचार गर्ने नगरपालिकाको नीति रहेको नगरप्रमुख शाहीको भनाई थियो । जेष्ठ नागरिक मात्र नभई अब नगरवासीले प्रथामिक उपचारबाट वञ्चित नहुने उनको तर्क छ ।
शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीले प्रत्येक महिना घरदैलोमा पुगेर चेकजाँच नगरेको खण्डमा वडा कार्यालयमा गुनासो गर्न सबैलाई आग्रह गरिएको छ ।
आफुले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार नै स्वास्थ्यलाई पहिलो प्रथामिकता राखेर काम गरिरहेको शाहिले वताए । जनताको स्वास्थ्य भन्दा ठुलो केही नभएकाले आफुले यातायातको सुविधा र आवासको सुविधा नलिएर जनताका लागि एम्बुलेन्स खरिद गरी संचालनमा ल्याएको उनले बताए ।
साथै वडा अध्यक्ष र शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई वडा भित्रका जेष्ठ नागरिक, गर्भवति महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा जिल्ला विकास समितिका पुर्व उपसभापति एवम् नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिटिका सदस्य सूर्यबहादुर शाहीले शहरी स्वास्थ्य क्लिनिक स्थापना गरी जनतालाई स्वास्थ्य सेवा दिने कायको प्रसंशा गर्दै स्वास्थ्य सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव दिए । साथै विकास सरकारले मात्र गर्न नसक्ने भएकाले विकास गर्न जनताको सहयोगको आवश्यकता पर्नेमा सदस्य शाहीले जोडदिए ।
पालेतडाका सर्वसाधरण एक गोली (ट्याव्लेट) सिटामोलका लागि दुई घण्टा पैदल हिँडेर मयाँखु पुग्नुपर्छ वा २०० रुपैयाँ भाडा तिरेर लयाटीविन्द्रासैनी स्वास्थ्य चौकी जानुपर्ने बाध्यता रहेको थियो । शहरी स्वास्थ्य क्लिनिक स्थापना भएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।
वडा नं. ७ का अध्यक्ष इन्द्रप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली, स्वास्थ्य शाखा सहसंयोजक मानकुमारी शाही, जयदेव माध्यमिक विद्यालय जम्बुकाँधका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर खड्का लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
जनतालाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउन चालु आर्थिक वर्षमा नगरपालिकाले शहरी स्वास्थ्य क्लिनिक संचालन सम्बन्धी कार्यविधि पास गरि सवै वडामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ ।
भौगोलिक विकटतालाई मध्यनजरी गरी वडा नं. १ को पाल्त र सिमसेर, वडा नं. २ को चाल्ने चौतारा र सिरवल, वडा नं. ५ को छहरेखोला र सिलता र वडा नं. ७ को मष्टामाडु र पालेतडामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *