नेपाली सेनाद्धारा विद्यालय भवनको जिर्णाैद्धार

मातृभूमी संवादाता । ५ चैत्र दैलेख
दैलेख स्थित नेपाली सेनाको इन्द्रदल गुल्मले करिब २ लाख रुपैंयाको निर्माण सामग्री र आफ्नै जनश्रम परिचालन गरी नारायण नगपालिका नगरपालिका वडा नं. ११ जुफियाँको बडाभैरब आधारभूत विद्यालयको ३ कोठे भवन जीर्णाद्वार गरी दिएको छ ।
नारायण नगरपालिका कार्यालयको अनुरोधमा विद्यालयको जीर्ण भवनमा टीनको पाता लगाउने, जडान र लिपपोत समेत गरिदिएको छ ।
विद्यालयमा मंगलवार आयोजना गरिएको औपचारिक कार्यक्रममा इन्द्रदल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले एक हप्ता भन्दा बढी समय अधिकृत र पदिक समेत २० जना भन्दा बढीको जनश्रम दिएको जानकारी दिए ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले समुदायका सबै बालबालिका विद्यालयमा आएको र विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेको खण्डमा विद्यालयमा भौतिक सुधारमा नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले सेनाले विद्यालयको भवन जीर्णाेद्धार गर्न गरेको सहयोगको सिकाईबाट समुदायले विकासमा श्रमदानमा बढावा दिनुपर्ने सुझाव दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनसरा थापाले इन्द्रदल गुल्मको सहयोग निम्ति धन्यवाद दिईन् । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र समाजसेवी समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *