छोरी बलात्कारको आरोपमा वावु पक्राउ

मातृभूमी संवादाता । ५ चैत्र मुगु
आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा रुकुमका एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक पुरुषलाई आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बलात्कार गरेको उजूरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
उनी विरुद्ध चैत १ गते पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजूरी परेको थियो । चैत १ गते दिउँसो श्रीमती माईत गएको र छोरी स्कुलबाट घर नगएर साथीकै घर बसेको अवस्थामा उनले छोरीलाई घर लैजान भनी जबर्जस्ती घर लैजाने क्रममा बाटोमै पर्ने एक व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले बताएकी छन् ।
किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजूरी दिएकी थिइन् । उक्त उजूरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत ४ गते बेलुकी ४ बजे लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुन्धान अघि बढाइएको डिएसपी खड्काले बताए । उनले छोरीमाथि दुई वर्षदेखि निरन्तर जबर्जस्ती करणी गर्दैआएको प्रहरीमा दिइएको उजूरीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!