भिरबाट लडेर एकको मृत्यु

मातृभूमी संवादाता । ६ चैत्र रुकुम पश्चिम

रुकुम (पश्चिम)मा एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ का ४० वर्षीय दुर्गबहादुर खत्रीको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । जंगलमा घाँस काट्दै गर्दा लडेर गम्भिर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय परिचन्द्र खत्रीले जानकारी दिए । मंगलबार बिहान घाँस काट्दै गर्दा उनी करिब पाँच सय मिटर तल खसेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *