धुमधामसंग मनाइयो दैलेखमा होलि (फोटो फिचर)
मातृभूमी संवादाता । ६ चैत्र दैलेख
दैलेख यश बर्ष होलि धुमधामका साथ मनाइएको छ । आज फागू पूर्णिमा अर्थात् होली पर्व दैलेखमा धुमधामका साथ मनाइएको हो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्दै सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर होलि मनाइएको छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।