वेथिति श्रृंखला-१ : नगरपालिकाको कार्यप्रति असन्तुष्टि वढ्दो
मातृभूमी संवादाता । ८ चैत्र दैलेख
नारायण नगरपालिकाको सेवाप्रवाहप्रति आजभोली सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन् । दैनिक जसो सेवा लिन नगरपालिका पुग्ने सेवाग्राहीले सेवा नपाउदा रित्तो हात घर फर्किनु पर्ने वाध्यता वताएका छन् । कार्यालय समयमा कर्मचारी कार्यालयमा अनुपस्थित हुँदा दिनहँु धाउदासमेत सेवा पाउन वन्चित भएपछि अहिले सेवाग्राहीको कार्यालय धाउने दिनचर्या वनेको छ ।
विहिवार सम्वाददाता नारायण नगरपालिकामा पुग्दा सेवाग्राहीले कार्यालय प्रमुखलाई कुरेर वसेको र कार्यालय प्रमुख वेलुका ५ वजे सम्म पनि कार्यालयमा नआएपछि निरास भएर फर्किनु परेको उनीहरुको गुनासो छ ।
गत असारमा सम्पन्न कामको भुक्तानी अहिलेसम्म नपाएको कतिपय सेवाग्राहीले वताएका छन् । ति सेवाग्राहीले कार्यालय प्रमुखले विभिन्न वहानामा भुक्तानी दिन आलटाल गरेर अहिलेसम्म भुक्तानी नदिएको उनीहरुको गुनासो छ । एक महिनादेखी भुक्तानीका लागी कार्यालयमा धाउँदा समेत कार्यालय प्रमुखले भुक्तानी दिन आलटाल गरिरहेको निर्माण व्यवसायी अशोक थापाले गुनासो गरे । ‘लेखा शाखावाट चेक काटी सकिएको छ, थापाले भने, तर कार्यालय प्रमुखले अहिले सम्म पनि चेकमा हस्ताक्षर गर्नु भएको छैन ।’ व्यवसायी थापाले कार्यालय प्रमुखले चेकमा हस्ताक्षर नगर्नुको कारण अहिलेसम्म वुझ्न नसकेको उनी वताउछन् । काम राम्रो भएको छ छैन त्यो पनि नभन्ने तर अल्झाईराख्ने कारणवारे केहि जानकारी नदिदा अन्यौलता भएको उनको भनाई छ ।
यति मात्र हैन नारायण नगरपालिकामा कर्मचारी भर्ना गर्दा पनि आफ्ना आफन्तलाई पहुँचको भरमा नियुक्त गर्ने गरेको एक जनप्रतिनीधिले वताए । कर्मचारीलाई पहुँचको भरमा नियुक्त गरिएको छ, तर काम केहि पनि भएको छैन । कर्मचारीहरुको मिलोमतोमा कुनै पनि काम ठिकसँग नभएको उनले वताए ।
नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य रमेश के.सी.ले अघिल्लो वर्षको कन्टिजेन्सीको ३० लाख रकम कहाँ र कसरी खर्च भयो भनेर विवरण पटक पटक माग्दा पनि अहिलेसम्म आफुले नपाएको वताए । वडा सदस्य के.सी.ले भने ‘आम नागरिकले सूचनाको हक अन्तरगत रहेर सूचना माग्दा ३५ दिन लाग्ने र जनप्रतिनिधीले सूचना मागेको खण्डमा २४ घण्टा भित्र उपलव्ध गराउनु पर्ने प्रावधान भएपनि आफुले अहिले सम्म सो सूचना पाएन ।’
कार्यालय प्रमुख र लेखा प्रमुखको पहुँचवाला व्यक्तिले मात्र भ्रमण भत्ता पाउने गरेको तर अरु जनप्रतिनिधी र कर्मचारीलाई उपेक्षा गरेको के.सी.ले वताए । नगरपालिकामा भर्खरै ल्याईएको गाडिको भुक्तानीमा पनि हिनामिना भएको छ, उनले भने, आवश्यक परेको खण्डमा गाडी भुक्तानीको विषयमा भएको वार्गेनिङ्गको अडियो रेर्कड जतिखेर पनि उपलव्ध गराउन तयार छु ।
यता नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत जगतवहादुर वस्नेतले आफुले नियतवस कुनै पनि काम नरोकेको दावी गरेका छन् । उनी भन्छन्, ‘मैले नियतवस कुनै पनि काम रोकेको छैन, गाडिको केहि रकम भुक्तानी हुन वाँकि छ, भुक्तानी भएको छैन ।’ वस्नेतले सूचनाको हक अन्तरगत रहेर मागिएको सूचनाको लागी आफु सँग भन्दा पनि सूचना अधिकृतसँगै वुझ्न आवश्यक रहेको वताए ।