दैलेखमा मनाइयो जातिभेद उन्मूलन दिवस

मातृभूमी संवादाता । ८ चैत्र दैलेख
मार्च २१ तारिक ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ दैलेखका स्थानीय तहमा धुमधामका साथ मनाइएको छ । स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको आग्रहमा विहिवार एकै दिन सबै स्थानीय तहमा मनाइएको हो ।
जातीय विभेदको समस्या अझैं नहटेको, स्थानीय तहहरुले लक्षित समूहका कार्यक्रममा ध्यान नदिएको लगायतका समस्या औल्याएका थियो । दलित समुदायका सवाललाई हाकाहाकी सवाल जवाफ चलाउने गरी गर्न लागिको कार्यक्रमको नाम नै विचार विमर्श कार्यक्रम दिइएको थियो ।
जिल्लाका सबै स्थानीय तहमा मनाएको कार्यक्रमका लागि ५ जना कर्णाली प्रदेशसभाका सदस्यहरु जवाफदेही वक्ताको रुपमा समुदायमा पुगेका थिए ।
यस क्रममा गुराँस गाउँपालिकामा साँसद मीनासिंह रखाल, भगवतीमाई गाउँपालिकामा धर्मराज रेग्मी, दुल्लू नगरपालिकामा सुशील थापा र नारायण नगरपालिकामा अम्मरबहादुर थापाले सम्वोधन गरेका थिए । बाँकी स्थानीय तहमा दलित अधिकारकर्मी र राजनीतिक दलका दलित भातृसंगठनका नेताहरु पुगेको बताइएको छ ।
‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ सन्दर्भ र स्थानीय तहमा जातीय विभेद सवाल, स्थानीय सरकारको दायित्व विषय केन्द्रित विचार विमर्श कार्यक्रममा महाबु गाउँपालिकामा गोपाल नेपालीले सहजीकरण गरेका थिए ।
यस्तै भैरबी गाउँपालिका बखत नेपाली, नौमूलेमा पदम सुनार, डुंगेश्वर गाउँपालिकामा सूर्य बिक र आठबीस नगरपालिकामा दिलीप बिकले कार्यक्रम सहजीकरण गरेका थिए ।
आ–आफ्ना स्थानीय तहमा गरिएका प्रयास, प्राप्त सफलता तथा सिकाई र समस्या विषयमा छलफल गर्ने र समाधानका निम्ति रणनीति बनाउन सबै स्थानीय तहमा सम्वन्धित गाउँपालिका र नगरपालिकामा निर्वाचित दलित जनप्रतिनिधिहरुको स्थानीयत तहको दलित जनप्रतिनिधि मञ्च गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *