चामुण्डाविन्द्रासैनीको चौथो नगरसभा उद्घाटन

मातृभूमी संवादाता । ८ चैत्र दैलेख
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चौँथो नगर सभा उद्घाटन भएको छ । विहिबार जम्बुकाँधमा एक समारोहका बीच नगरप्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा सभाको उद्घाटन भएको हो ।
सभामा चामुण्डाविन्द्रासैनी नगरपालिका विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले नयाँ ऐन र नगरपालिकाले अघिल्लो सभामा बनाएका ऐनहरु संशोधनका लागि पेश गरेका थिए । उनले चामुण्डाविन्द्रासैनी नसगरपालिको संशोधित विनियोजन ऐन र चामुण्डाविन्द्रासैनी नगरपालिको संशोधित आर्थिक ऐन पेश गरेका थिए ।
पेश भएका विद्येयक छलफल र अध्ययन गर्न यही चैत्र १७ गतेसम्मका लागि सभा स्थिगित भएको नगरप्रमुख शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *