दैलेखमा सुविधा सम्पन्न कवर्ड हल वन्दै

मातृभूमी संवादाता । १० चैत्र दैलेख
दैलेखको नारायण नगरपालिकामा सुविधा सम्पन्न कवर्डहल बन्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाई सुर्खेतको चार करोड ३६ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न कबर्ड हल वन्ने नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुव) जानकारी दिए ।
नारायण नगरपालिका वडा नं. १ को छात्रावास नजिक शनिवारदेखी सुविधा सम्पन्न कवर्ड हल निर्माण कार्यको थालनि गरिएको छ । मुख्यत ः ब्याडमिण्टन, वास्केटवल, मार्सलआर्टका सम्पुर्ण खेलहरु, भलिवल लगाएतका खेलका लागि निर्माण थालिएको कबर्ड हलमा एक हजार व्यक्ति अट्न सक्ने क्षमताको भवन निर्माण गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अत्याधुनिक सुविधा सहितको कवर्डहल निर्माणका लागी नयाँ वजारमा रहेको त्रिभुवन माध्यामिक विद्यालयले जग्गा उपलव्ध गराएको हो ।
वडा अध्यक्ष श्रेष्ठले कवर्ड हल निर्माणका लागी सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कवर्ड हललाई कर्णाली प्रदेशकै नमुना वनाउने वताए ।
उनले भने ‘हलमा प्याराफिट, च्यान्जिङ रुम, ट्वाईलेट, वाथरुम समेत निर्माण गरिने छ ।’
चार करोड ३६ लाखमा निर्माण हुने उक्त कवर्ड हल १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *