वेथिति श्रृंखला-३ : नाैमूले हाकिमको चरम लापरवाही, विकासे काममा अन्यौलता

मातृभूमी संवादाता । १० चैत्र दैलेख
केहि साता अगाडी नौमूले गाउँपालिका वडा नं. ४ कालिकामा कुईनेभाटि गोरेटो वाटो र सोहि ठाउँकै मजुवा गोरेटो वाटोको मर्मत कार्य सम्पन्न भयो । १ लाख ५० हजारको लागतमा कुईनेभाटि र २ लाखको लागतमा मजुवा गोरेटो वाटो मर्मत सम्पन्न पश्चात भुक्तानी प्रक्रियाका लागी उपभोक्ताले आग्रह गर्दा नौमुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद कोईरालाको लापरवाहीका कारण अहिले सम्म भुक्तानी हुन नसकेको रहस्य खुलेको छ ।
भुक्तानीका लागी योजनाको अनुगमन तथा प्राविधिक मुल्यांकनका लागी प्राविधिकलाई खवर गर्दा हाकिमसावको कार्यादेश नभएको प्राविधिकले वताएपछि भुक्तानी प्रक्रिया रोकिएको नौमुले गाउँपालिका ४ का अध्यक्ष गजवहादुर ढेंगाले वताए । ‘प्रमुख प्रशासकीय अधिकृतसँग वारम्वार योजनाको विषयमा खवर गर्दा हुन्छ गरौँला भन्दै आलटाल गर्ने गर्नुभएको छ ।’ अध्यक्ष ढेंगाले भने ‘प्राविधिकसँग कुरा गर्दा कार्यादेश चाहिन्छ हामी कार्यादेश विना काम गर्न सक्दैनौ प्राविधिक भन्छन् ।’
यति मात्र हैन हाकिमका कारण टेन्डर प्रक्रियामा पनि अन्यौलता रहेको निर्माण व्यवसायीहरु वताउँछन् । हाकिमको लापरवाही पनि कति सम्म भने गाउँपालिकाले आह्वान गरेका विभिन्न ठेक्कापट्टाका काम जो पछाडी सार्न मिल्दैन ति कामहरु पनि वाध्यताले सार्नु परेको नाम नछाप्ने सर्तमा एक कर्मचारीले भने । ‘हस्ताक्षर गर्नका लागी डकुमेन्ट रेडि पारेर राखिएको हुन्छ’ उनले भने ‘हाकिमसाव वाहिर निस्कनुहुन्छ अनि काममा ढिलासुस्ती हुने गरेको छ ।’
यति मात्र होइन नौमूले गाउँपालिकाका अन्य वडाहरुमा पनि प्रमुख प्रशासकिय अधिकृतका कारण समस्या उत्तिकै छ । योजना तथा अन्य कामको लागि शिफरिस गर्न हामिकहाँ पुग्दा हाकिम नभेटिने गरेको सल्लेरीका एक स्थानीयले वताए ।
आईतवार हाम्रा संवादाता नौमूले गाउँपालिकामा पुग्दा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोईराला कार्यालयमा थिएनन् । हामीले नौमूले गाउँपालिकाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष अमृता सिंहसँग वुझ्दा आफुसँग सरसल्लाह नै नगरी कता जानुभयो आफुलाई थाहा नभएको वताईन् । उनले भनिन् ‘मलाई तालिममा जानु छ भनेर एक दुई दिन अगाडी भन्नु भएको थियो, मैले यहाँ कामको चापाचाप तपाँई नजानुस् अरु कोहि कर्मचारीलाई पठाउन मिल्छ भने पठाउनुस् भनेको थिएँ उहाँले मान्नुभएन । सल्लाह नै नगरी कता जानुभयो थाहा भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *