वेथिति श्रृंखला-४ : सुविधाभोगी जनप्रतिनिधी, जनतालाई छैन एम्वुलेन्स

मातृभूमी संवादाता । १२ चैत्र दैलेख
झण्डै २० वर्षपछि जनप्रतिनिधि पाएको छ स्थानीय सरकारले । जनताको सेवा, सुविधा र हितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै कसम खाएका जनप्रतिनिधी अहिले सुविधाभोगी भन्दा फरक पर्दैन् ।
अहिले जनताको काम सेवा भन्दा पनि स्वार्थगत काम र सुविधा भोगी बनेको प्रशस्त उदाहरण छन् । दैलेखका अधिकांस जनप्रतिनिधि पनि लाखका एम्बुलेन्स नकिनेर झण्डै करोडका गाडीमा सयर गरिरहेका छन् । स्थानीयस्तरका नागरिकले बर्षाैदेखि एम्बुलेन्स नभएकै कारण कतिपयले ज्यान गुमाउनुपर्ने तितो यथार्थ जस्ताको तस्तै छ । जनप्रतिनिधी आएको दुई वर्ष भइसक्दा पनि नागरिकको यो समस्या प्रति बेखवर जस्तै छन् ।
जनताको सुविधाका लागि १०–१५ लाखको एम्बुलेन्स किन्ने पैसा नहुने स्थानीय सरकारका जनप्रतिनिधि झण्डै आधा करोड खर्चेर गाडी किनिसकेका छन् । अझै कार्यालयकै नाममा रहेका २÷४ वटा मोटरसाइकल समेत प्रयोग गरिरहेका छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वाहेकका सवै स्थानीय तहले कार्यालयका लागि एउटा गाडी किनिसकेका छन् भने नारायण नगरपालिकाका जनप्रतिनिधीले महगो स्कारपियो गाडी प्रयोग गर्दै आएका छन् । यस वर्षमा नगरपालिकाले करिव ५० लाख भन्दा मूल्य बराबरको गाडी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत जगत वस्नेतले वताए । अहिले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेको छन् । उता नगरपालिकाले पहिले किनेको गाडी मर्मत नहुँदा नारायण नगरपालिका वडा नं. ८ तर्ताङ्गमा थन्किएको छ । दैलेखको सवै भन्दा पुरानो नगरपालिकाले अहिले सम्म एम्वुलेन्स खरिद गरेको छैन । वरु विभिन्न वडाका लागी ११ वटा नयाँ मोटरसाइकल किनेको छ ।
नारायण नगरपालिका वडा नं. ५ ले एम्वुलेन्स खरिदका लागी ५ लाख वजेट विनियोजन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा फेरी एउटा अर्काे एम्वुलेन्स थप हुने भएकाले त्यो पनि नकिन्ने की भन्ने सोच भएको नगरप्रमुख रत्नवहादुर खड्काले वताए । उनले ‘दैलेख सदरमुकाममा नै दुईतिन वडा एम्वुलेन्स भएकाले पनि नगरपालिकाले एम्वुलेन्स किन्ने खासै योजना नवनाएको वताए ।
यस्तै नौमूले गाउँपालिकामा त झन् एउटा वोलेरो जिप समेत भाडामा लगिएको छ । अहिले गाउँपालिकामा झण्डै ४० लाख भन्दा वढि पर्ने स्कारपियो चढ्छन् अध्यक्ष र उपाध्यक्ष । गाडी अपुग भएको भन्दै वोलेरो जिप पनि भाडामा चलाईएको छ नौमूलेमा ।
‘नौमूलेका एक स्थानीयले भने ‘गाउँपालिकामा झण्डै ४० लाख भन्दा वढि पर्ने एउटा स्कारपियो किनिएको छ । अझै वोलेरो जिप पनि भाडामा चलाईएको छ । तर हामी सर्वसाधारण विरामी हुँदा प्रयोग गर्ने एउटा एम्वुलेन्स पनि छैन ।’ लाखौँ रकम खर्चेर गाडी किन्ने प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको ध्यान जनताको स्वास्थ्य सेवाको पहुँच पु¥याउनतिर जान सकेको छैन् । कतिपय गाउँपालिका र नगरमा सुविधा सम्पन्न गाडी हुँदा पनि जनताका लागि चाहिने एम्बुलेन्स किन्न सकिएको छैन ।
त्यस्तै महाँवु गाउँपालिकाले पनि स्कारपियोको लेटेस्ट मोडल ४० लाख बढीको गाडी किनेको छ । ‘स्कारपियोको ४० लाख ५० हजार मूल्य बराबरको गाडी किनिएको छ । गाउँपालिका अध्यक्ष जंगवहादुर शाहीले अब छिट्टै एम्वुलेन्स पनि आउने वताए । उत्ता दुल्लु नगरपालिकामा भने पुरानै गाडी प्रयोग गर्दै आएका छन् जनप्रतिनिधी । ‘जनप्रतिनिधी आउनु भन्दा पहिलेनै एउटा गाडी थियो त्यो नै प्रयोग गरेका छौँ ।’ नगरप्रमुख घनश्याम भण्डारीले भने, ‘नगरपालिकाले एम्बुलेन्स किनिसकको र यो समाचार तयार पार्दा सम्म एम्वुलेन्सले विरामीलाई लिएर नेपालगञ्ज गएको वताए ।
त्यस्तै, दैलेखको भैरवी गाउँपालिकाले पनि स्कारपियो गाडी किनेको छ ‘गाउँपालिकामा झण्डै ६० लाख खर्चेर गाडी प्रयोग गर्दै आएका छौँ ।’ गाउँपालिका अध्यक्ष प्रेम वुढाले भने, ‘एम्वुलेन्स पनि भन्सारमा आईसकेको छ अवको केहि दिनभित्र गाउँपालिकामा ल्याई पु¥याउने छौँ ।’
उता ठाँटिकाँध गाउँपालिकाले जनप्रतिनिधी आएको केहि समयमै एम्वुलेन्स खरिद ग¥यो । एक दुई महिना अगाडी २४ लाख पर्ने वालेरो जिप पनि ल्यायो । दैलेखका १० वटा स्थानीय तहका जनप्रतिनिधिले प्रयोग गर्ने गाडीको मूल्य जोड्दा अर्बै हुन जान्छ । अर्बाै लगानी गरेर प्रयोग गरिने गाडीमा मोविल र पेट्रोलको खर्च पनि लाखौं हुन जान्छ । सुविधाका भोका जनप्रतिनिधिहरुका गाडी चलाउने ड्राइभरलाई दिने सुविधामा पनि उत्तिकै खर्च हुन पुग्छ ।
तर जनताका लागि अत्ति आवश्यक मानिने एम्बुलेन्स किन्ने योजनालाई भने दोस्रोमा राखेका छन् । ‘आठविस नगरपालिकाको साताला र गुराँस गाउँपालिकाको सेरिवाडामा जनप्रतिनिधी नआउँदै एक–एक वटा एम्बुलेन्स थिए । स्थानीयले भने ‘अहिले सम्म यि स्थानीय तहले एम्वुलेन्स खरिदका लागी कुनै चासो नदेखाएको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *