उपभोक्ता सचेत भए कालोवजारी रोकिन्छ : वास्कोटा
मातृभूमी संवादाता । १३ चैत्र दैलेख
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको आयोजनामा दैलेखमा वडा स्तरिय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार, जनप्रतिनीधि, नागरिक समाज, व्यापारी, शिक्षकहरु उपस्थीत रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उपभोक्ता सचेत नहुँदा ठगिने गरेको बताए ।
उनले उपभोक्ताको अधिकार र स्थानीय तहको भूमिकाका विषयमा सहभागिलाई जानकारी गराउनुहुँदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले उपभोक्ता सचेत भएमात्रै कालोबजारी र ठगी हुने समस्या रोकिने धारणा राखे ।
‘नेपालको संविधानमा मौलिक हकको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ,’ बास्कोटाले भने ‘उपभोक्ताको हितमा राज्य संवेदनशील छ ।’
स्थानीय तहले उपभोक्ताको हितमा ध्यान दिन सुभाव दिदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले स्थानीय तहले बनाउने कानुन उपभोक्ता मैत्री बनाउनुपर्नेमा जोड दिए । स्थानीय सरकारले बजार अनुगमन गर्नुपर्ने बताउँदै उनले स्थानीय तहले गर्ने बजार अनुगमन गोप्य र पारदर्शी बनाउन सुझाव दिए ।
‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ, प्रमुख जिल्ला अधिकारी बास्कोटाले भने ‘स्थानीय तहले बजार अनुगमनलाई खासै महत्व दिएको पाईदैन्, अब उपभोक्ता आफै सचेत हुनुपर्छ ।’ सबै मिलेर उपभोक्तालाई ठगिनबाट रोक्नुपर्ने उनको भनाई छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेष बहादुर थापाले गुणस्तरहनि उपभोग्य बस्तु विक्री गर्ने व्यापारीहरुलाई कानुनी दायरामा ल्याईने बताए । ‘दैनिक उपभोग्य सामग्री किन्न जाँदा गुणस्तरको होकी होइन् बुझ्ने, बिल माग्ने, उपभोग्य मिति हेर्ने, अधिकतम् खुद्रा मुल्य भन्दा बढी लिएको छ की हेर्ने,’ उनले भने ‘यति गरे ठगिनबाट जोगिन्छ ।’
कालोबजारी र ठगिनबाट जोगिन उपभोक्ता सचेत हुनुपर्ने बताउँदै थापाले ठगि हालेमा कारबाही र नियमन गर्ने निकायमा उजुरी गर्नुपर्ने बताए ।
कार्यक्रमका सहभागिले दैनिक उपभोग्य बस्तुको कालोबजारी नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई आग्रह समेत गरेका छन् ।
यस्तै वुधवार नै वडा स्तरिय खाद्य स्वच्छता समुह गठन गरिएको छ । नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।