सडकमै स्वास्थ्य परिक्षण

मातृभूमी संवादाता । १३ चैत्र दैलेख
दैलेख सुर्खेत सडक खण्डका सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरिएका ७५ जनामा कुनै समस्या नरहेको पाईएको स्वास्थ्यकर्मीले बताएका छन् । वुधबार दैलेख सुर्खेत सडक खण्डको चुप्रा वजारमा संचालन भएको स्वास्थ्य परिक्षणमा दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने यातायातका ७५ जना चालकले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षण गर्नेमा सवारी साधन तथा मालबहाक गाडीका चालकहरुको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख सई प्रताप के.सी.ले जानकारी दिएका छन् ।
दैलेखका लामो तथा छोटो दुरीका सडक खण्डमा क्षमता भन्दा दोब्बर यात्रु बोक्ने, ओभरट्याक गर्न खोज्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढेको छ । यिनै कारणले सडक खण्डमा भएका सवारी दुर्घटानामा धेरैले ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरी कार्यालय दैलेलखका सई प्रताप के.सी.ले जोखिम घटाउनुका साथै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य परीक्षणको आयोजना गरिएको वताए । सो अवसरमा सवारी साधन संचालनका लागि आवाश्यक कागजातको पनि चेकजाँच गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *