कर्णाली राजमार्गमा जाम

मातृभूमी संवादाता । १७ चैत्र दैलेख
यातायात सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि स्तरोन्नती नहुँदा कर्णाली राजमार्गमा सवारी सञ्चालनमा सास्ती हुने गरेको छ । साँघुरो सडक र खाल्डाखुल्डीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । राजमार्ग फराकिलो नहुँदा गाडी बिग्रेको खण्डमा घण्टौंसम्म जाम हुने गरेको हो ।
साँघुरो सडकका कारण दोहोरो सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । कतिपय मोडमा त आधा किलोमिटरजति पछाडि फर्केर अर्को गाडीलाई पास गराउनु पर्ने बाध्यता छ । कर्णाली राजमार्गअन्तर्गत कालेखोला, जिते र तल्लो डुंगेश्वर सडकखण्डमा उकालो बाटो भएको र बढी भार लिएर आउने सवारी साधन बाटोमै बिग्रिनाले जाम हुने गरेको यस खण्डमा यात्रा गर्ने यात्रुहरु बताउँछन् ।
‘बढी भार बोकेका सवारीसाधन बीच बाटोमै बिग्रिएपछि दिनभर जाममा प¥यौँ’, कालिकोटदेखि सुर्खेत जाँदै गरेका मनवीर भट्टराईले भने, ‘दोहोरो गाडी गुडाउने बाटो नभएपछि बाटो खुलाउन आएका प्रहरी पनि गाडी नबन्दासम्म हेरेरै बस्नुप¥यो ।’ राजमार्ग स्तरोन्नति नहुँदा यस्तो समस्या झेल्नु परेको सवारी चालकको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *