वेथिति श्रृखला-५ : नारायणमा व्यापक अनियमितता भएको आराेप
मातृभूमी संवादाता । १८ चैत्र दैलेख
नारायण नगरपालिकामा व्यापक अनियमितता भएको आशंका गरिएको छ । नगरपालिकामा गत वर्षको कन्टिजेन्सीको रकममा अनियमितता भएको आंशका गरिएको हो । कन्टिजेन्सी रकम कहाँ र कसरी खर्च गरियो भनेर सुचना माग्दा पनि नपाएपछि अनियमितता भएको
आशंका गरिएको हो ।
नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य रमेश केसीले गत वर्ष कन्टिजेन्सीको ३० लाख रकम कहाँ र कसरी खर्च भयो भनेर विवरण पटक पटक माग्दा पनि पाउँन नसकेको गुनासो गरे ।
नगरपालिकामा भएको अनियमितताबारे मैले आवाज उठाउँदा समेत सुनुवाई भएन । उनले भने ‘सूचनाको हक प्रयोग गरेर सूचना माग्दा समेत दिएनन् ।’ गत वर्ष भएको खर्च नदेखिएपछि आफुले कहाँ कति खर्च भयो भनेर माग गरेको उनले बताए । नगरपालिकामा ल्याईएको नयाँ बन्दबडी स्कारपियोमा पनि अनियमितता भएको खुलासा भएको छ ।
गाडी खरिदमा कार्यालय र कम्पनीविच आर्थिक चलखेल भएको अडियो रहेको छ । नगरपालिकाकै एक सदस्यले भने, ‘आवश्यक परेको खण्डमा गाडी भुक्तानीको विषयमा भएको वार्गेनिङ्गको अडियो रेर्कड उपलव्ध गराउन तयार छु ।’
श्रोतका अनुसार नगरपालिकाका प्राय योजनामा पैसाको लेनदेनका लागि कामै ढिलाई हुने गरेको छ । लेनदेनमा कुरा नमिल्दा नयाँ ल्याईएको जिपको रकम भुक्तानी हुन अँझै बाँकी रहेको जनाएको छ ।
नारायण नगरपालिकाका सुचना अधिकारी निरक रावलले कार्यालयमा मागिएको सूचना कार्यालयका शाखाहरुबाटै नदिने गरेकाले आफुले सूचना दिन नसकेको बताए । मैले सूचना माग्दा फाटँबाट पाउँदिन् । सूचना अधिकारी रावलले भने, कसरी सूचना माग्नेहरुलाई दिउ । सेवाप्रवाहमा ढिलासुस्ती हुने सानो काम पनि हप्तादिन लगाउने गरेको सेवाग्राहीले आरोप लगाएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत कार्यालयप्रति जिम्मेवारीबोध नहुँदा कामहरु रोकिएको र सेवाग्राहीकाम विनै घर फकर्न पर्ने बाध्यता रहेको
बताउँछन् । आफु नियतवस सेवा अवरोध नगरेको प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत बताउँछन् । एक महिनादेखी भुक्तानीका लागी कार्यालयमा धाउदा समेत भुक्तानी दिन आलटाल गरेको एक ब्यवसायीले बताए ।
हाम्रा संवादाता आईतवार र सोमवार कार्यालयमा धाउँदा समेत नगरपालिकाले निर्माण गरेको नगरपालिकाको पाश्र्वव चित्र (नगर प्रोफाईल) नपाएको र एकले अर्कालाई देखाउँदै किताव दिन आनाकानी गरेको पाईएको छ ।