भैरवी ७ का जेष्ठ नागरिकलाई सम्मान

मातृभूमी संवादाता । १८ चैत्र दैलेख
भैरबी गाउँपालिका वडा नम्बर ७ मा जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको छ । वडा नम्बर ७ को आयोजनामा वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा वडाभरीका १ सय बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जेस्ठ नागरिक भनेका समाजका गहना भएको भन्दै उनिहरुको राम्रो हेरचाह सङ्गै सम्मानजनक तरिकाले जिबनयापन गर्ने बाताबरण बनाउनु पर्ने बताए ।
कतिपय अबस्थामा जेष्ठ नागरिकहरुका आफन्तले खासै चासो नदिएको कुरालाइ इङ्गित गर्दै अध्यक्ष बुढाले अबदेखी त्यस्तो व्यवहार नगर्न पनि सबैसङ्ग आग्रह गरे ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ ब्ल्याङ्केट बितरण गरिएको बताइएको छ । वडा अध्यक्ष छबिराम आचार्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिस्ट, प्रमुख प्रशासकीय अधिकृत मोहन देबकोटा रहेका थिए ।
सम्मान कार्यक्रमको सञ्चालन वडा सचिब नमराज थापाले गरेको कार्यक्रममा आफुहरुलाई वडा कार्यालयले सम्मान गरेकोमा जेष्ठ नागरिकहरुले एकआपासमा खुसी साटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *