ठाँटिकाँधमा असिनाले वालीनाली सखाप, २० करोड भन्दा वढि क्षति
मातृभूमी संवादाता । २६ चैत्र ठाँटिकाँध (दैलेख)
शुक्रवार साझँ परेको असिना पानीले ठाँटिकाँध गाउँपालिकाका कृषकले लगाएको अन्नवाली सखाप पारेको छ । गाउँपालिकाका १, २, ६ वडाका कृषकले लगाएको गहुँ जौ तथा तरकारी वाली पुरै सखाप पारेको हो । काट्न ठिक्क भएको गहुँबाली असिनाले नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । त्यस क्षेत्रमा अन्नवाली तरकारी लगाएत फलफुलमा ठुलो क्षती पुगेको छ ।
असिनापानीले गाउँपालिकाका अन्य वडाका अधिकांस कृषकहरुको वालिनालिमा ठुलो मात्रमा क्षेती पु¥याएको गाउँपालिकाका अध्यक्ष धिर वहादुर शाहीले वताए । गाउँपालिकाका सवै वडाको मोटा मोटी तथ्यांक अनुसार २७ सय घरधुरीका कृषकको गहुँवाली तथा तरकारी पुरै नष्ट पारेको अध्यक्ष शाही वताउँछन् । ‘२७ सय घरधुरीको १९ सय ८ हेक्टरमा लगाएको अन्न वाली पुरै काम नलाग्ने गरी नष्ट भएको छ’ अध्यक्ष शाहीले भने, ‘यसको आधारमा करिव २० करोड रुपैया भन्दा वढिको अन्नवाली सखाप भएको छ ।’
शुक्रवार एक्कासी परेको असिनाले गाउँपालिकाका १,२ र ६ वडाका कृषकको वाली नाली सखाप पारेको थियो भने पुनः आइतवार साँझ परेको असिनाले वाकी रहेका ४, ५ र ३ वडाका कृषकको अन्नवाली सखाप पारेको छ । अध्यक्ष शाहीले सवै वडाका अध्यक्ष लगाएत कर्मचारीलाई क्षतीको लगत संकलन गर्न आग्रह गरेका छन् । ‘क्षती विवरण पछि कार्यपालिकाका वैठक बसेर राहतका कार्यक्रमको लागि केन्द्र प्रदेश सरकारसंग आग्रह गर्छौ’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाले पनि केहि योजना वनाउने र विभिन्न निकायसंग समन्वय गरेर पिडित कृषकलाई राहात सहयोृग गर्ने तयारीमा छौं ।’ ‘यस क्षेत्रमा असिनाले ठुलो मात्रमा क्षती पु¥याएको वताउँदै अध्यक्ष शाहीले गाउँमा खाद्य डिपो सञ्चालनको लागी तयारी गरिने वताए । ‘ठाँटिकाँध गाउँपालिका यतिवेला ठुलो सोकमा छ’ अध्यक्ष शाहीले भने, ‘यस विपत्तको घडिमा सम्वन्धित निकाय तथा सरोकारवाला निकायको सहयोगको आशामा छौं सवैले सहयोग गरिदुनु प¥यो ।’ अध्यक्ष शाहीले असिनापानीले पु¥याएको क्षतीको वारेमा सांसदको ध्यानाकर्षण गर्ने बताए । केहि दिनमै गाउँसभा वसी राहतको कार्यक्रम योजना वनाइने अध्यक्ष शाही वताउँछन् ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषकको वाली नालीको क्षतीको आधारमा राहात कार्यक्रम सुरु गर्नुपर्ने कृषक खड्के वडले वताए । असिना पानीका कारण अन्नवाली तथा तरकारीमा क्षेतीसँगै तीन दिनसम्म पनि दुई देखि ढाई फिटसम्म असिना जमेको उनले बताए । आफूले अहिलेसम्म पनि यति ठूलो असिना परेको थाहा नपाएको वताए । गहुँवाली लगाएको खेतवारीमा गाईगोरु छोडे पनि गाई वस्तुले रहेका गहुँका नल समेत नखाएको उनि वताउँछन् । ठाँटिकाँध गाउँपालिका २ का कृषक नर्तम थापाले अहिले सम्मकै राम्रो अन्नवाली फलेको वताउँदै ११ रोपनीमा लगाएको गहुँवाली पुरै नष्ट भएको वताए । ‘११ रोपनीमा गहुँ खेती र पाँच रोपनी जग्गामा तरकारी लगाएको थिए’ कृषक थापाले भने, ‘घर भित्र हे¥यो खाने अन्न छैन, वाहिर हे¥यो असिनाले वाली तथा तरकारी थिचेर हेरी नसक्नु छ ।’ वुढापाकाको भनाई अनुसार अहिले सम्मकै ठूलो असिना पानी परेको उत्तिकै क्षती पु¥याएको कृषक थापा वताउँछन् । त्यस्तै अर्का कृषक लिला थापाले कृर्षि पेशामा आत्मनिर्भर भएपनि गहुँवालीसँगै तरकारीमा नष्ट पु¥याएपछि खाद्यन संकट हुने चिन्ता लागेको बताए । केहि दिनमा गहुँ काटेर घरमा भित्र्याउने तयारीमा रहेका वेला अचानक असिना आउँदा सबै बाली नष्ट भएको वताए । पानी सहित परेको असिनाले गहुँ,जौ, काउली, बन्दा, लसुन, प्याज, आलु लगायतका नगदे बाली सवै सखाप पारेको उनि वताउँछन् । ठाँटिकाँध गाउँपालिका लगाएत चामुण्डाविन्द्रसैनी नगरपालिका, दुल्लु नगरपालिका, गुँरास गाउँपालिका लगाएतका कृषकले लगाएको अन्नवालीमा क्षती पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र दैलेखले जनाएको छ । कार्यलयका अनुसार जिल्लामा कहाँ के कति क्षती पु¥यायो त्यसको एकिन जानकारी आएको छैन । असिना प्रभावित क्षेत्रमा भएको क्षतीको वारेमा जिल्ला स्थित जिल्ला प्रशान कार्यालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि र पत्रकार लगाएको टोली पुगेको थियो ।
गाउँपालिकाद्धारा प्रेस विज्ञप्ती
ठाँटिकाँध गाउँपालिकामा शुक्रवार र आइतवार वेलुका हावा हुरीसंगै परेको असिनाले क्षती पु¥याएको प्रति दुख व्यक्त गर्दै गाउँपालिकाले एक विज्ञप्ती जारी गरेको छ । शुक्रवार ठाँटिकाँध गाउँपालिकाका १,२ र ६ वडाका कृषकले लगाएको वाली पुरै सखाप पारेको र पुनः आइतवार साँधm परेको असिनाले वाँकी वडामा क्षती पु¥याएको विज्ञप्तीमा उल्लेख छ । यस प्राकृतिक विपत्तिमा सम्पूर्ण कृषकहरुलाई धर्य गर्न आग्रह गरिएको छ । साथै यस विपत्तिवाट पिडित कृषकहरुलाई राहतको लागि पहल गर्ने वचन व्यक्त गर्दै सम्पूर्ण सरकारी तथा गैरसरकारी सवै पक्ष र राजनीतिक दलहरुलाई सहयोग गर्न विज्ञप्तीमा अपिल गरिएको छ ।
असिना पिडितलाई राहत दिने कानुन छैन : सभामुख
ठाँटिकाँधमा असिनाले पारेको क्षती सम्बन्धि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसंग टेलिफोन सम्पर्क गर्दा असिना पिडितलाई राहतको लागि कुनै कानुन् नभएको वताए । मानविय क्षती भएमा एक लाख रुपैया सम्म राहात दिन मिल्ने भएको वताउँदै सभामुख शाहीले असिना पिडितलाई राहतको विषयमा के कसरी दिन मिल्छ प्रदेशमा विचार विर्मश चलिरहेको वताए । कानुनको आभावमा सभामुख शाहीले असिना पिडितलाई राहत दिनको लागि विभिन्न निकायसंग परार्मसश भइरहेको वताए । सभामुख शाही सोही ठाँटिकाँध गाउँपालिका वडा नं. ६ स्थायी वासिन्दा हुन् ।
असिना पिडितलाई राहत सहयोग
नेपाली काँगे्रस चामुण्डाविन्द्रसैनी नगर कार्यसमितिले सोमवार एक कार्यक्रमका विच असिना पिडितलाई राहत सहयोग गरेको छ । चामुण्डाविन्द्रसैनी नगरपालिकाका नगरप्रमुख सुर्यवहादुर शाही मार्फत असिनापिडितलाई पाँच हजार एक सय सहयोग रकम प्रदान गरेको हो । गएको चैत्र २२ गते साँझ आएको भिषण हावाहुरी सँगैको असिनापानीले कृषकहरुको गहुँवाली नष्ट गरेपछि आफुहरुले सहयोग रकम प्रदान गरेको कांग्रेसका युवा नेता गणेशवहादुर शाहीले वताए ।
सरकार राहत छिटो देउ : पिडित
ठाटिकाँध गाउँपालिका ६ पाँचलाकी ७० वर्षिय माग्ली थापा कोही गाउँमा नयाँ व्यक्ति देख्ने वित्तिकै राहत दिन आएको अनुभुती गर्दछिन् । असिना प्रभावित क्षेत्रको क्षतीको अनुगमन गर्न पुगेको टोलीसंग आखाँभरी आँसु झार्दै भनिन्, ‘सरकार राहत छिटो देउ हामिलाई वचाइदेउ ।’
उनि दिनहुँ वारीको छेउमै पुगेर असिनाले नष्ट पारेका वाली नाली हेर्दै भक्कानिन्छिन् । ‘जहान परिवार कसरी पाल्ने छिटो राहत उपलब्ध गराइदिनुप¥यो’ उनले भनिन् ‘भान्छामा खाने केहि छैन, वीस पाथी विउ छरेको गहुँ हामिले खोवेला असिनाले खायो ।’ ८ जनाको परिवार रहेको वताउँदै थापाले आफु जन्मेदेखि यस्तो विपद् नदेखेको सुनाइन् । ‘असिनाले ६ महिना खान पुग्ने अन्नवाली सवै नष्ट पा¥यो वाल वच्चालाइ कसरी पाल्ने’ उनले भनिन्, ‘राहत दिए खाएर वाच्नुपर्ला नदिए यतिकै मर्ने त होला ।’
त्यस्तै ठाटिकाध गाउँपालिका २ की मनसरा विष्ट पनि आफुले दख गरेर लगाएको वाली भित्र्याउने वेला असिनाले सखाप पारेपछि वारीमा हेरेर भक्कानिन्छिन् । घरभित्र खानेकुरा नभएकाले विहान वेलुकी कसरी छाक टार्ने भन्ने चिन्नताले सताएको वताउँछिन् । विष्टले वच्चा वच्ची वचाउने उपाए नभएको वताउँदै राहतका लागि सरकारसंग पहल गरिदिन आग्रह गरीन् । अन्य आय स्रोत नभएको र खेती किसनी गरेर जिविको गुजार्दै आएकी विष्टले भोकमरीको चपेटामा पर्ने चिन्ता व्यक्त गरिन् । ‘सरकार छिटो राह उपलब्ध गराइदेउ, हामिलाई वचाउ’ उनले भनिन्, ‘यत्तिको विपद् हामिलाई कहिले पर्ला र ।’ त्यस्तै सोही वडाका ७० वर्षे परमे थापाले हिउँदे खेती पुरै सखाप पारेकोले परिवार कसरी वचाउने भन्ने चिन्ताले पिरोलेको वताए । ‘सरकार राहत देउ छिटो, खाम भने यहाँ खोला खाल्सीका सिस्नो समेत रहेनन् ।’
सम्बन्धित सम्पुर्ण दातृ निकाय ले सहयोग गर्न का लागि अनुरोध छ
ठाँटिकाँध गाउँपालिकाकाे स्थिति हेर्ने हाे भने खाद्य संकट पर्ने देखिन्छ त्यसैले विभिन्न संघ संस्थाहरूलाइ राहतका कार्यक्रम संचालन गर्न हामी पनि अनुराेध गर्दछाैँ ।
मातृभूमी अनलाइन