ठाँटिकाँधका जनप्रतिनीधीले असिनापिडतलाई एक महिनाको तलव दिने

मातृभूमी संवाददाता । २९ चैत्र दैलेख
दैलेख निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले जनप्रतिनीधी र जनता सँगै रहेर काम गर्न सुझाव दिएका छन् । शुक्रवार ठाँटिकाँध गाउँपालिकाको चौथो गाउँ सभालाई सम्बोधन गर्दै साँसद वुढाले यस्तो बताएका हुन् । संघ र प्रदेशले केही कानून बनाउन बाँकी रहेको कारण स्थानीय तहहरुलाई कार्य सम्पादनमा कठिनाई भैरहेको उल्लेख गर्दै वुढाले जनताका काम गर्नका लागी चुनियका जनप्रतिनीधी र जनता सवैले हातेमालो गरेर काम गर्न सुझाव दिए ।
उनले गएको गएको चैत्र २२ गते र २४ गते साँझ आएको हावाहुरी सँगैको असिनापानीले पाक्नै लागेको किसानको खेतिवाली नष्ट गरेको प्रति दुःख व्यक्त गर्दै असिना पिडित किसानहरुका लागी राहत उपलव्ध गराउन आफुले हरप्रयास गर्ने वताए । साँसद वुढाले पाक्नै लागेको गहुँवाली असिनाले नष्ट गर्दा खाद्य संकट पर्न सक्ने भन्दै छिटो भन्दा छिटो राहत उपलव्ध गराउन प्रदेश तथा संघिय सरकारलाई अनुरोध गरे ।
गाउँ सभामा वोल्दै गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीले गाउँपालिकाको विकासका लागी आफुले हरप्रयास गरेको वताउँदै सम्पुर्ण गाउँपालिकावासी सँग हातेमालो गरेर अघि वढ्न चाहेको वताए । अध्यक्ष शाहीले असिनापिडित कृषकहरुलाई राहतका कार्यक्रम सञ्चालन गर्न सम्पुर्णलाई अनुरोध पनि गरे ।

गाउँ कार्यपालिकाका सदस्यले एक महिनाकाे तलव दिने

गाउँसभामा ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगाएत कार्यपालिकाका सदस्यहरुले असिनापिडितका लागी एक महिनाको तलव र पोशाको रकम उपलव्ध गराउने प्रतिवद्धता पनि जनएका छन् । यस्तै वडा नं. ६ वडा सदस्य एवं मदिरा नियन्त्रण समितिका संयोजक लोकवहादुर थापाले ५ महिनाको तलव उपलव्ध गराउने वताए ।

पुरानाे ड्रेस धाेएर लाउँछु : वम

गाउँपालिकाका कर्मचारी पदमवहादुर वमले यो वर्षको पोशाक भत्ता असिनापिडित किसानका लागी उपलव्ध गराउने वताए । उनले भने ‘वरू गत बर्ष सिलाएका ड्रेसलाइ धोएर लगाउँछु । याे वर्ष नयाँ ड्रेस लगाउँदैन ।’

उनले कर्मचारीले प्रत्येक वर्ष पाउने पोशाक भत्ता वापतकाे रकम रु. १०,००० गएकाे चैत्र २२ र २४ गते साँझकाे आएको असिना पिडित किसानका लागी उपलव्ध गराउने वताए । असिना पिडित किसानकाे घाउमा मल्हम लगाउन र जनताले नै तिरेकाे करवाट तलव खाएका कर्मचारी जनतालाइ दुःख पर्दा सधै साथमै छन् भन्ने सन्देश दिनका लागी आफुले याे सानाे सहयाेग गरेकाे वताए ।

गाउँपालिकाले ल्यायाे पुरक वजेट

सभाले विभिन्न विद्येयकहरु पनि पास गरेको छ । चौथो गाउँसभाले विनियोजन विधेयकलाई संसोधन गरी पुरक वजेट ल्याएको छ । पुरक वजेटमा असिनापिडित किसानहरुका लागी विषेश कार्यक्रम ल्याईएको वताईएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगाएत सदस्यहरुले नव वर्ष २०७६ सालको सम्पुर्ण गाउँ तथा जिल्ला वासीलाई शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!