कर्णालीमा पहिलो पटक कर्णालीपारीमा ड्रोन–भिडियो सहित
मातृभूमी संवाददाता । ३० चैत्र दैलेख
चर्चित गायक, नायक, मोडेल, संगितकार, नृत्य निर्देशक तथा शव्द रचनाकार लोकेन्द्र जि.सी. (कुमार) को चर्चित देउडा गीत ‘कर्णाली पारी’को भिडियो सार्वजनिक भएको छ । केहिदिन अगाडी युटुवमा कुमारको ‘कर्णालीपारी’ बोलको देउडा गीत सार्वजनिक भएको हो । उक्त गीतमा सुरेस रानामगरको लय÷शव्द रहेको छ । गायनमा कुमारलाई टिका पुनले साथ दिएकी छिन् ।
चन्द्र मन्दिर मगरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा पवन कुमार योगी, प्रेमा वि.क., मदन रेग्मी र सुमित्रा चौधरी केन्द्रिय पात्रको रुपमा नृत्य प्रस्तुत गरेका छन् । मानवहादुर ओलिको छायाङ्कन, चानस पुनमगरको सम्पादन रहेको म्युजिक भिडियो सुरेस राना अफिसियलले बजारमा ल्याएको हो । कुमारले यस अघि लोकदोहोरी, ¥याप, आधुनिक, डिजे लगायतका दर्जनौ गित वजारमा ल्याइसकेका छन् ।
कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायाँकन गरिएको म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न ठाउँमा छायाँकन गरिएको हो । उक्त म्युजिक भिडियोमा वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान लगाएतका स्थानहरु प्रष्टरुपमा देख्न सकिन्छ ।
मातृभूमीसँग संक्षिप्त प्रतिक्रिया दिदै गाएक कुमारले दैलेख जिल्लालाई देशविदेशमा चिनाउन र यहाँका पर्यटकिय स्थलको प्रचारप्रसार सँगै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दैलेखमै गितको छायाँकन गरिएको वताए ।
भिडयाे हेर्न यहाँ क्लिक गर्नुहाेस् . . .