पुरानाे ड्रेस धाेएर लाउँछु : वम
मातृभूमी संवाददाता । ३० चैत्र दैलेख
ठाँटिकाँध गाउँपालिकाका कर्मचारी पदमवहादुर वमले यो वर्षको पोशाक भत्ता वापत पाउने रकम असिनापिडित किसानका लागी उपलव्ध गराउने वताएका छन् । याे वर्ष आफुले पाउने ड्रेस भत्ता वापतकाे रकम रू. १०,००० (दश हजार) असिनापिडित किसानका लागी उपलव्ध गराउने वताएका हुन् । उनले भने ‘वरू गत बर्ष सिलाएका ड्रेसलाइ धोएर लगाउँछु । याे वर्ष नयाँ ड्रेस लगाउँदैन ।’
उनले कर्मचारीले प्रत्येक वर्ष पाउने पोशाक भत्ता वापतकाे रकम रु. १०,००० गएकाे चैत्र २२ र २४ गते साँझकाे आएको असिना पिडित किसानका लागी उपलव्ध गराउने प्रतिवद्दता जनाएका हुन् । असिना पिडित किसानकाे घाउमा मल्हम लगाउन र जनताले नै तिरेकाे करवाट तलव खाएका कर्मचारी जनतालाइ दुःख पर्दा सधै साथमै छन् भन्ने सन्देश दिनका लागी आफुले याे सानाे सहयाेग गरेकाे वताए ।