दैलेखका विभिन्न ठाउँमा चट्याङ्ग पर्दा ११ जना घाईते

मातृभूमी संवादाता । ६ वैशाख दैलेख
दैलेखका विभिन्न ठाउँमा चट्याङ्ग पर्दा ११ जना घाईते भएका छन् । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ मा वुधवारराति परेको चट्टयाङ्ग लागेर ७ जना घाइते भएका छन् । नौमूले गाउँपालिका २ बालुवाटारको नौफेरीमा वारीमा चट्टयाङ्ग पर्दा घरमा बसिरहेका ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । घाईते मध्ये १ जनाको जिल्ला अस्पताल र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखको महावु गाउँपालिका ६ लामिडाँडा कुईयाँपानीमा विहिवार साँझ परेको चट्याङ्ग लागेर ४ जना महिला घाईते भएका छन् । महावु गाउँपालिका ४ का जयवहादुर शाहीको घरमा परेको चट्याङ्ग लागेर उनको आँगमा आमा समुहको वैठक वसिरहेका महिलाहरु घाईते भएको वडा सदस्य दलवहादुर वि.क.ले जानकारी दिनुभयो ।
घाईते मध्ये ४५ वर्षिया जयकुवँरा शाही र ६३ वर्षिया लालसरा रावत वेहोस भएको र २६ वार्षिया गिता वि.क. र १७ वर्षिया अनिता शाही अर्धचेत भएको वडा सदस्य विकले वताउनुभयो ।
घाईते सवैको स्थानीय मेडिकलमा उपचार पछि शुक्रवार विहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *