वेथिति श्रृंखला-७ : अझै सार्वजनिक भएन दैलेख महोत्सवको आयव्यय, पर्यटन प्रर्वद्धन नारामै सिमित
मातृभूमी संवादाता । २७ वैशाख दैलेख
दैलेखमा वर्षेनी गरिने महोत्सवको आयव्यय विवरण प्रायः सार्वजनिक नगर्ने गरेको पाईएको छ । बिगतका बर्षहरु जस्तै गएको वर्ष पनि दैलेखमा ‘दैलेख महोत्सव २०७५’ सम्पन्न भएको झण्डै दुई महिना पुग्न लागी सक्यो तर अहिले सम्म पनि आयव्यय विवरण सार्वजनिक गरिएको छैन् ।
गत फाल्गुनको २४ गते देखी १० दिन सम्म संचालन भएको महोत्सवको अहिले सम्म आयव्यय सार्वजनिक नभएको दैलेख उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्देश कुमार श्रेष्ठ (शैलेस) ले वताए । उनले भने ‘उद्योग वाणिज्य संघका अध्यक्ष नियमित रुपमा जिल्लामा नवस्दा घाटा फाईदा के भएको छ सोको पुर्ण विवरण नआउँदा आयव्यय सार्वजनिक गर्न सकिएको छैन् ।’
दैलेख महोत्सव हेर्नका लागी जिल्लाका बिभिन्न स्थान बाट नागरिकहरुको उल्लेख्य सहभागिता थियो । बिगतका बर्षहरुमा पनी दैलेख उद्योग बाणिज्य संघले दैलेखमा महोत्सवको आयोजना गर्दै आएको थियो । यसबर्ष संचालन भएको महोत्सवमा पनि विगत भन्दा कुनै फरक नभएको नागरिकहरुको गुनासो थियो छ । संघियता पछि सदरमुकाममा घटेको चहलपहल बढाउन र सदरमुकामको व्यापार व्यवसाय पर्वद्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको थियो । व्यवसाय पर्वद्धन गर्न महोत्सव गरीएको भनिरहदा जिल्लाका व्यावसायीले महोत्सबका कारण आफ्नो व्यापार झन् घटेको बताउछन् ।
सदरमुकाममा होलसेल कपडाको व्यापार गर्दै आएका हेमराज अधिकारीले ग्राहकहरुले चार महिना पुग्ने सामान लगीसकेको वताउँदै महोत्सवका कारण जिल्लामा व्यापार मैत्रि वाताबरण नभई वाहिर जिल्लाका व्यापारीहरुलाई स्टल ठेक्कामा दिने भएकाले यस्तो अवस्था आयको उनले बताए । दैलेख महोत्सव २०७५ मा मुल आयोजक रहेको उद्योग बाणिज्य संघ दैलेखलाई बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग पनी छ । महोत्सवकै लागी भनेर जिल्लामा रहेका ११ वटै स्थानिय तहहरुले आर्थिक तथा अन्यय. सहयोग गरेको पनि देखिन्छ ।
नारामा मात्र पर्यटन
दैलेखमा हुने सबै महोत्सवमा पर्यटनको नारा जोडिएकै हुन्छन् । दैलेख महोत्सव २०७५ को मुल नारा नै ‘उद्यम, कृषि, पर्यटन र ब्यापार, समृद्ध दैलेखको मुल आधार’ भनिएको थियो । तर नारा नारामै सिमित रह्यो । महोत्सव भनेपछि केही नयाँपन दिनु आयोजकको दायित्व हो तर आयोजकले दायित्व बोधका साथ महोत्सवको आयोजना नगरेको पाईएको स्थानियको गुनासो महोत्सव स्थलमै सुनिन्थ्यो ।
दैलेख जिल्ला पर्यटकिय तथा ऐतिहासिक जिल्ला हो । यस जिल्लामा साना ठुला गरेर सयौँ बिभिन्न पर्यटकिय स्थलहरु रहेको छन् । तर ति एउटै ठाउँको प्रवद्र्धनमा सहयोग नभएको स्थानीय वुद्धिजीवीको भनाई छ । महोत्सवका नाममा आयोजकहरुले दर्शक लोभ्याउने काम मात्र गरिरहेको महोत्सव हेर्न काँडाचौर पुगेका दर्शक गुराँस गाउँपालिका ८ का रामबहादुर खत्रीले बताए । ‘उद्यम, कृषि, पर्यटनका कुरा गर्दैै महोत्सव आयोजना गरियो तर त्यहाँ त केही भेटिएन’ खत्रिले भने ‘अरु केही गर्न नसके पनि महोत्सव स्थलमा जिल्लाका पर्यटकिय स्थलहरु बारेमा जानकारी राखेर आफ्नै पर्यटकिय स्थलहरुको अवलोकन गर्न अभिप्रेरित गरेको भएपनी राम्रो हुन्थेन र ?’
यसरी बिगतमा जस्तै यसबर्षको महोत्सवमा पनी कुनै नयाँपन देखिएन । पर्यटनको नारालाई महोत्सवमा जोड तोडका साथ उठाएको भएपनी महोत्सवले पर्यटन प्रवद्र्धनलाई प्राथामिक्ता नदिएको स्थानीयको गुनासो छ । महोत्सवमा राखिएका स्टलहरु बाहिरबाट आयका व्यापारीका कपडा, भाडाँकुुडा, बालबालिका हरुका लागी खेलौना तथा होटलहरु मात्र थिए ।
स्थानीय कला संस्कृति किन बिर्सियो ?
दैलेख ऐतिहासिक तथा पर्यटकिय जिल्ला मात्र नभएर स्थानिय कला संस्कृतिको धनी जिल्ला पनि हो । दैलेखमा बसोबास गर्ने बिभिन्न जात–जाति तथा समुदायका नागरिकहरुका आ–आफ्नै भेषभुषा, रहनसहन रहेका छन् । तर यि कुराहरुले दैलेखमा हुने महोत्सवमा स्थान भने पाउदैनन् । स्थानिय स्तरमा खेलिने देउडा, जिल्लाका बिभिन्न क्षेत्रमा बसोबास गर्ने आदि–वासी जन–जाती समुदायका कला–संस्कृती, पञ्चे बाजा, तरबार नाचँ, हुड्के, मारुनी, लाखे नाचँ लगायतका कयौँ कला, संस्कृती हुदाँ पनी बाहिरी जिल्ला बाट कलाकार ल्याएर दर्शक अल्झाउने मात्रै काम आयोजकले गरेको नागरिकहरुको गुनासो छ ।
स्थानिय कला संस्कृतीलाई महोत्सवको आयोजकले समेट्न नसकेको भन्दै स्थानिय युवा नारायण बिशुन्केले भने ‘स्थानिय स्तरमा रहेको कला संस्कृतीको प्रवद्र्धन गर्नुको साटो उल्टै बाहिरबाट नाच्ने कलाकारहरु ल्याएर अगं प्रदर्शन मात्रै गरेको उनको भनाई छ ।
उनले भने ‘स्थानीय कलासंस्कृतिको संरक्षण र सम्वद्र्धनका लागी आयोजकले केहि व्यवस्थापन गरेन दैलेखमा हुने महोत्सवमा आयोजक गम्भिर नदेखिएको र आगामी दिनमा बाहिरबाट कलाकार ल्याएको भएपनी स्थानियकला संस्कृतीलाई उत्तिकैै प्राथामिकता दिनुपर्र्छ ।’
स्थानिय उत्पादनको प्रवद्र्धन् भएन
हालै मात्र सन्चालन गरीएको महोत्सवमा १ सय ८० वटा स्टल राखिएका थिए तर त्यहाँ रहेका केहि स्टलमा मात्र जिल्लामै उत्पादित उत्पादनहरु भने राखिएको देखिनथ्योे । प्राय स्टलहरुमा बाहिरका व्यापारीहरुले ल्याएका कपडा, बालबालिकाका खेलौना तथा अवैध रुपमा जुवा खेलाउने काम मात्र गरिएको पाईनथ्यो ।
कहाँ जान्छ महोत्सवको पैसा ?
यस बर्र्षको महोत्सव सहित दैलेख उद्योग वाणिज्य संघको नेतृत्वमा २ वटा महोत्सव आयोजना भैसकेका छन् । बिगतका बर्षहरु जस्तै यस बर्ष पनी महोत्सव उपलब्धी मुलक देखिएन् । उद्योग बाणिज्य संघको आयोजनामा २०७३ मा आयोजना गरिएको महोत्सवमा कुुल कारोबार ५० लाख ८३ हजार ४ सय ३६ रुपैयाँ आम्दानी भएको देखिन्छ ।
कुल कारोबार भएको रकम बाट २ लाख ६० हजार जिल्लामा सीसी क्यामरा जडान खर्च गरीएको देखीन्छ भने २८ हजार ७ सय १२ रुपैया बैँकमा बचत भएको आर्थिक बिवरण आयोजकले दिएको छ । त्यसैगरी यसबर्ष पनी झण्डै ५१ लाख बढिको कारोबार भएको आयोजकको भनाई छ । महोत्सवमा भएको कुल कारोबार मध्ये झण्डै २० लाख भन्दा बढि रकम उठ्न बाकिँ रहेको दैलेख उद्योग बाणिज्य संघका कार्यालय प्रमुुख निराजन कोईरालाले जानकारी दिएका छन् ।
कुल कारोबार मध्ये झण्डै ९८ प्रतिशत रकम खर्च भएको आयोजकको भनाई छ । यसबर्षको महोत्सवको पुर्ण बिवरण भने आयोजकले अहिलेसम्म उपलव्ध गराएको छैन् । बिगतमा भएका महोत्सवहरुमा जस्तै बिभिन्न शिर्षकहरुमा खर्र्च देखाएर रकम बेपत्ता बनाउने काम भईरहेकोे स्थानियहरुको भनाई छ ।
सदरमुकाममा बिगत लामो समय देखि व्यापारमा संलग्नव्यापारी जनक शर्मा भन्छन् ‘बिगतमा यस्ता महोत्सव आयोजना नगरिएका होईनन्, तर महोत्सवमा कहाँ कति खर्च भयो, अथवा बचत भयो यसबारेमा प्रष्ट जानकारी कसैलाई पनी हुदैन् ।’ उनि थप्छन् ‘संकलन भएको रकम बिभिन्न खर्च शिर्षकहरु बनाएर खर्च भएको कुरा देखाउने बाहेक अरु कुनै काम आयोजकले गर्न सकेको छैन् ।’
महोत्सवको आयोजना हुने समय अघि तथा सो अवधि सम्म आयोजकले संकलित रकम व्यापार तथा पर्यटन प्रवद्र्धनका साथै अन्य क्षेत्रमा लगानी गर्ने आशा देखाउदैँ दर्शकहरुलाई उत्साहित गर्ने र महोत्सव सकिए पछि आयोजकहरु गुुमनाम भएर बस्ने गरेको शर्मा वताउँछन् ।
यसअघि र यस पालाको महोत्सव बाट के कुरा स्पष्ट हुन्छ भने महोत्सवबाट भएको आम्दानी बाट अहिले सम्म केहि उपलब्धी भएको छैन् । महोत्सव आयोजना त गरिन्छ तर त्यसबाट भएको आम्दानी कहाँ जान्छ । अहिले सम्म कसैलाई थाहा छैन ।
लामो समय सदरमुकाममा व्यापार गर्दै आईरहेका स्थानिय व्यापारी मनोज थापाले भने ‘व्यापार र पर्यटन प्रवद्र्धनका लागी भन्दै जिल्लामा धेरै यस्ता कार्यक्रम तथा महोत्सवको आयोजना देखियो तर उपलब्धी मुलक भने भएनन् ।’ जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकाय र स्थानिय तहहरुले मेला महोत्सवका नाममा गरिने प्रायोजन गरिब निमुखा जनताको मुखबाट खोसेर अन्तै मोज मस्ती भएको समेत उनको आरोप छ ।
पर्यटकिय स्थलहरुको महोत्सव अवधिभर ब्यानर पनि देखीएन । यसो गर्नु भनेको जनताले तिरेको करको दुरुपयोग भएको भन्दै यसमा सम्वन्धित निकाएले ध्यान दिन आवस्यक रहेको बताउँदै आयोजकले महोत्सवकोे आम्दानी तथा खर्च बिवरण स्पष्ट रुपमा प्रमाण सहित सबैलाई जानकारी गराउनु पर्छ होईने भने यस्ता मेला महोत्सवहरु आयोजना गर्न बन्द गरिनु पर्ने थापाले वताए ।