वेथिति श्रृंखला-८ : वडाअध्यक्ष नै उपभोक्ता समितिको अध्यक्ष, कमसल काम हुँदा केहि समयमै भत्कियो दिवाल

मातृभूमी संवादाता । २७ वैशाख दैलेख
यहाँका जनप्रतिनिधि नै उपभोक्ता समितिको अध्यक्ष वनेको पाईएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ढालवहादुर थापा गिरीमोड, कोटीला, श्रीस्थान सडक मर्मत निर्माण उपभोक्ता समितिको अध्यक्ष भएको पाईएको हो । निर्वाचित हुनु अघि उपभोक्ता समितिको अध्यक्ष बनेका थापा निर्वाचित भैसक्दा समेत राजिनामा नदिई आफै भुक्तानीका लागी नगरपालिका धाउने गरेका छन् ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले वडाअध्यक्ष आफैँ उपभोक्ता समितिको नेतृत्वमा हुनु नियमसंगत नहुने बताउँछन् । उनले भने ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा यो कुरा स्पष्ट लेखिएको छ ।’ उनले वडाभरिका योजनार्तजुमा गरेर सहभागितामुलक प्रणाली अनुसार बस्ती र टोलस्तरबाट योजनाको माग गरिएको बताए । सङ्कलन प्राथमीकीकरण तथा छनौट र टोल विकास संस्थाको गठन गरी परिचालनका लागि उपभोक्ता समितिको अनुगमनको नीति छ । तर निर्वाचित जनप्रतिनिधि नै उपभोक्ता समितिमा बसेपछि समस्या हुने अधिकृत वस्नेत बताउँछन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ मा सार्वजनिक पद धारण गरेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने नियम छ । तर दैलेखमा अध्यक्ष थापा भने नियमविपरीत नारायण नगरपालिका ९ मा रहेको गिरीमोड, कोटीला, श्रीस्थान सडक मर्मत निर्माण समितिको अध्यक्ष वनिरहेका छन् । नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिलाई कुनै पनि विकास निर्माणका उपभोत्ता समितिमा नबस्न निर्देशन दिएको बताए । उनले भने ‘नीति बनाइनसकेकाले थापालाई पटक पटक राजीनामा दिन दबाब दिइरहेका छौँ उहाँले अहिले सम्म किन राजिनामा नदिनु भएको हो म वुझ्छु ।’
उता वडा अध्यक्ष थापाले आफु निर्वाचित हुँदा राजिनामा दिएको वताए । उनले ‘मैले राजिनामा दिएको एक महिना जति भयो तर अहिले सम्म झण्डै २८ लाख रकम भुक्तानी भएको छैन ।’ जनश्रमदान ७ लाख गरी झण्डै ५० लाखको योजना निर्माण सम्पन्न भएको केहि समयमै भक्तिएको छ । कोटिला देखी कोटिला जाने गेट सम्मको वाटोमा कटिङ गर्ने, ह्युमपाईप हाल्ने र ग्राभेल गर्नका लागी नगरपालिकाले जगेडा कोष मार्फत रकम छुट्टयाएको वुझिएको छ । तर स्थानीयवासिन्दा र सोहि वाटो हिड्ने यात्रुले भने काम कमसल भएको वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *