मध्यरातमा दैलेखमा भुकम्प, जनजीवन त्रसित

मातृभूमी संवादाता । वैशाख ३० दैलेख
यहाँको वालुवाटार केन्द्र विन्दु भएर ५.१ रेक्टर स्केलको भुकम्प गएको छ । गएराति १२ बजेर २६ मिनेट जाँदा नौमूले गाउँपालिका २ वालुवाटारलाई केन्द्र विन्दु वनाएर ५.१ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।


मध्यरातमा भुकम्प जाँदा दैलेख सदरमुकाम र आसपासका स्थानीय सडकमा आएका थिए भने स्थानीय निकै त्रसित भएका थिए । यो समाचार तयार पार्दा सम्म भुकम्पका कारण कुनै मानवीय क्षति भने नभएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!