विधेयक संशोधन नभए प्रेस स्वतन्त्रता रहन्न : अध्यक्ष केसी

मातृभूमी संवादाता । ३ जेष्ठ दैलेख
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको सर्कुलर अनुसार दैलेख पत्रकार महासंघको अगुवाइमा दैलेखमा पत्रकारहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि आ–आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले नेपाल सरकारले प्रेस काउन्सिल विद्येयकमा आम नेपाली संचार माध्याम र पत्रकार तथा संचारकर्मीलाई अंकुस लगाउँदै नेपाली पे्रसलाइ कुन्ठित गर्न खोजेको र यो विद्येयक संसदबाट पास भए नेपालमा प्रेस अभिव्यक्ति स्वतन्त्रता नरहने वतएका छन् ।
महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडिया सम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ आन्दोलित हुनुपरेको अध्यक्ष केसीको भनाई छ ।
अध्यक्ष केसीले उता एभिन्यूज खबरमा अन्तरवार्ताको विषयलाइ लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताले एभिन्यूज खबरको बिरगञ्ज व्यूरो कार्यालयमा गरेको तोडफोडको घोर निन्दा समेत गरेका छन् । विद्येयकमा उल्लेखित व्यवस्थाले साना लगानीका मिडियाहरुलाई निरुत्साहित गर्नेगरी ल्याएको आन्दोलनमा उत्रेका पत्रकारहरुले आरोप लगाएका छन् ।
यस्तै हाम्रो तेस्रोआँखा दैनिकका प्रकाशक मनोज थापाले सरकारले हचुवाका भरमा ल्याउन लागेको यो विद्येयकले आम नागरिकमाथि सूचना पाउनवाट वन्चित वनाई नेपाली मिडियामा अंकुश लगाएको आरोप लगाए ।
नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरित कुनै सामग्री प्रकाशन तथा प्रतिष्ठामा आँच पु¥याएमा सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आमसंञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा समाचारदातालाई २५ हजार रुपैयाँ देखि १० लाखसम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख गरिएको छ । विधेयकमा काउनसिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेका कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।
विधेयकमा उल्लेखित बुदाँहरु संशोधन गर्न माग गर्दै लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई पनि आन्दोलित हुन उनीहरुले माग गरेका छन् । पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरु शुक्रवार हातमा कालोपट्टि सहित आ–आफ्ना संचार साधान सहित आन्दोलनमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *