नगरप्रमुख सूचक बसेर जन्मदर्ता

मातृभूमी संवादाता । १० जेठ दैलेख
नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का आफूलाई सूचक जनाएर एक जना बालिकाको जन्मदर्ता गराइदिएका छन् । उनले नारायण नगरपालिका–११ बिन्ध्यवासिनी पुगेर ५ वर्षीया बालिका विद्या थापाको जन्मदर्ता गराइदिएका हुन् ।
विद्या जन्मेको २४ दिनमा आमा हिरा थापा बेपत्ता भएपछि पालनपोषण गर्दै आउनुभएका बालिकाका बाजे खमबहादुर थापाको आग्रहमा नगरप्रमुख खड्काले ती बालिकाको शिक्षादीक्षा सहजताका लागि जन्मदर्ता गराइदिएका हुन् ।
बालिकाका पिताको पहिचान नदिंदै आमा बेपत्ता भएपछि लामो समयदेखि बालिकाको जन्मदर्ता गराउन अन्यौलता रहेको थियो । नेपालको संविधानको धारा ३९ उपधारा (१) बमोजिम अन्तरगत बालिकाको जन्मदर्ता पाउने अधिकार प्रत्याभूतीका गराउन दिइएको जन्मदर्तामा विद्या थापाको जन्म मिति २०७१ असार २ गते उल्लेख छ ।
जन्मदर्ता बनिसकेपछि बालिकाको उचित शिक्षा र पालन पोषण समेतको व्यवस्था गर्न एसओएस बालग्रामलाई अनुरोध गरिएको र सो अनुसार त्यहाँबाट स्वीकृती प्राप्त भएको पनि नारायण नगरपालिका वडा नं. ११ का वडाध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *