आयोजनाका काम प्रभावकारी : अध्यक्ष थापा
मातृभूमी संवादाता । १० जेठ दैलेख
पहाडि साना किसानका लागी अनुकुलन आयोजना (आशा) आयोजना अन्तरगत सञ्चालित अवलपराजुल, कालभैरव लगाएत विभिन्न ठाउँका योजनाहरुको अनुगमन गरिएको छ । पहाडि साना किसानका लागी अनुकुलन आयोजना (आशा) जिल्ला आयोजना समन्वय इकाई दैलेखद्धारा आयोजित आयोजना कार्यान्वयनको सयूक्त अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुल्लु नगरपालिका ११ का वडा अध्यक्ष खगेन्द्र थापाले आशा आयोजना अन्तरगत वडामा सञ्चालित योजनाहरु प्रभावकारी ढंगवाट सञ्चालन भएको वताए । जति पनि योजनाहरु छन् ति योजनाहरु प्रभावकारी भएको र उक्त योजनाहरुको दिगोपनमा स्थानीय उपभोक्ताले चासो दिनुपर्ने अध्यक्ष थापाले वताए । अध्यक्ष थापाले यस्ता अनुगमनहरु वर्षमा दुई पटक गरेमा योजना सञ्चालन तथा दिगोपन हुने बताए ।
जिल्लामा आयोजना सञ्चालन अवधि देखिनै समुदायको आय आर्जनमा यस आयोजनाले कृषि प्रणाली, भकारो सुुधार, खोर सुुधार, विभिन्न स्थानमा नर्सरी स्थापना लगाएतका कार्यक्रम संचालन गर्दै आईरहेको आयोजना संयोजक धर्मराज उपाध्यायले जानकारी दिए ।
अयोजनाका लेखापाल दशरथ रानाले कृषकहरुको थप आयआर्जनमा वृद्धिका लागि आयोजनाले समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको वताए । आयोजनाका भेटेनरी प्राविधिक सन्दिप विश्वकर्माले आगामि दिनमा पनि कार्यक्रमलाई थप प्रभावकारी वनाउन सवैको सहयोग आवश्यक रहेको वताए । आयोजनाले दुल्लु नगरपालिका ११ को कालभैरव र डुंगेश्वर गाउपालिकाको अवलपराजुलमा विभिन्न योजना तथा कृषि लगाएत समुदायको आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ ।
आयोजनाले विकट बस्तिमा रहेका अति विपन्न तथा पिछडिएका समुुुदायका व्यक्तिको समस्या पहिचान गरि खोर तथा भकारो सुधार कार्यक्रम, सहकारी खानेपानी योजना कार्यक्रम, सिचाई पोखरी कार्यक्रम, नर्सरी स्थापना कार्यक्रम, कृषि समुह प्लाष्टिक घर तथा तरकारी खेती कार्यक्रम र मुहान संरक्षण कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनमा जोड दिन पत्रकारहरुले सुझाव दिएका थिए ।