दैलेखमा मिनिट्रक दुर्घटना, ३ जनाको मृत्यु

मातृभूमी संवादाता । १० जेठ दैलेख
कर्णाली राजमार्गको दैलेख–सुर्खेत सडक खण्डको सिमानामा मिनिट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दैलेख–सुर्खेत सिमानाको पातलेखोला नजिक आज विहान साढे १० वजे मिनि ट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । मृतक तिनै जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । एक जनाको दुर्घटना स्थलमा जलेको अवस्थामा र अन्य दुई जनाको ट्रक भन्दा पचास मिटर तल मृत अवस्थामा फेला परेको ट्राफिक प्रहरीको भनाई रहेको छ ।
घटना स्थल पुगेका प्रहरी सहायक प्रहरी निरिक्षक ठगिराम शर्माका अनुसार ट्रक सडक भन्दा झण्डै तिन सय मिटर तल खसेको छ । ट्रक जलेको अवस्थामा फेला परेको हुनाले ट्रकको नम्वर थाहा नभएको शर्माले वताउनुभयो । अन्य विवरण आउन अझै समय लाग्ने र थप प्रहरी घटनास्थल तर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *