अपडेट : दैलेखमा भएको ट्रक दुर्घटनाका मृतक तीन जनै जनाको सनाखत

मातृभूमी संवादाता । १० जेठ दैलेख
सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटिकाँध जाँदै गरेको मिनी ट्रक दुर्घटना परि मृत्यु भएका तीनैको सनाखत भएको छ । सुर्खेतबाट खाद्यान्न बोकेर कर्णालि राजर्माग हुँदै दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनिट्रक दैलेखको गुराँस गाउँपालिका १ निगालझाप्रामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका ६ थापाटोलका गाडी मालिक ३० वर्षीय जोरबहादुर थापा, उनका भतिजा २८ वर्षीय धर्मराज थापा र २५ वर्षीय दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार मिनी ट्रक सडकबाट ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको भए पनि गएराति ९ बजेतिर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । गएराति सुर्खेतको वड्डीचौरमा ७ बजेर ५५ मिनेटमा ट्रक इन्ट्री गरेर आएकोले गएराति ९ बजे दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
ट्रकमा पेट्रोलको भाँडा राखिएकोले दुर्घटना भएलगत्तै आगलागी भएर मिनीट्रकमा रहेका तीनै जनाको मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । मृतक तिनै जनाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दैलेख ल्याईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *