वेथिति श्रृंखला-९ : नौमूलेमा प्रहरी निरिक्षकको दादागिरी, स्थानीय त्रसित
मातृभूमी संवादाता । १२ जेठ नौमूले (दैलेख)
नौमुले इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक जनकबहादुर बोहोराले नौमुले गाउँपालिकामा समेत समन्वय नगरी आफ्नो मनोमानि ढंगले घर खानतलास गर्दै स्थानीयहरुलाई दुःख दिदै आएको गुनासो सर्वसाधारणहरुले गरेका छन् । द्धन्द्धको समयमा ३२ जना प्रहरीले ज्यान गुमाएको र तत्कालिन समयमा अति प्रभावीत भएको यस क्षेत्रमा प्रहरी निरिक्षकले पछिल्लो समयमा दादागीरी देखाउदै आएपछि स्थानीयहरु त्रसित भएको नौमूलेका एक व्यक्तिले मातृभूमीलाई वताए ।
गत हप्ता घरधनी र स्थानीय सरकारलाई समेत जानकारी नगराई घर खानतलासी गरेपछि स्थानीयहरु प्रहरी प्रति आक्रोशित भएका छन् । सामान्य विषयलाई समेत ठुलो वनाएर सर्वसाधारणलाई धम्काउने, हातपात गर्ने लगायएको मानवअधिकार हनन् हुने गरी काम गरेको नेपाल तरुण दल अध्यक्ष लालवहादुर चन्दले वताएका छन् । चन्दले स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय नगरेको सामाजिक काममा मनपरि गरेको वताए ।
प्रहरी निरिक्षक वोहोराले सामान्य विषयलाई समेत ठुलो वनाएर सर्वसाधारणलाई धम्काउने, हातपात गर्ने र मानवअधिकार हनन् हुने गरी काम गर्ने गरेका छन् ।
स्थानीय तहमा रहेको न्यायीक समितिको समेत कुनै काम छैन भन्दै सर्वसाधारणलाई न्यायीक समितिमा गएर कुनै काम नहुने वताउँदै आएको एक स्थानीयले वताए । घरेलु मदिरा नियन्त्रण गर्ने वहाना वनाएर उच्चकोटिका मदिरा समेत ब्यापारिहरुको जफत गरी ईलाका प्रहरी कार्यालयमा गोदाम गरेर राखेको एक ब्यापारिले नाम नवताउने शर्तमा जानकारी दिएका छन् ।
गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरका अनुसार ईलाका प्रहरी कार्यालय नौमुलेमा आएका प्रहरी निरिक्षक जनकबहादुर वोहोराले गाउँपालिकासँग कुनै समन्वय नगरी आफ्नै रवैया देखाउँदै अगाडि वढेकोमा दुःख प्रकट गरे । गाउँपालिकामा रहेको न्यायीक समितिको समेत कुनै काम छैन भनेर जनतालाई स्थानीय सरकार विरुद्ध वोल्ने काम गरेर गाउँपालिका र जनता विचमा विवाद उब्जाउने समेत प्रयास गरेको स्थानीयवासी वताउँछन् ।
गाउँपालिकासँग समन्वय गरेर विभिन्न सचेतनामूलक गतिविधि गर्दै आएको नौमूले प्रहरी चौकीमा प्रहरी निरिक्षक वोहोरा आएपछि कुनै समन्वय नभएको गाउँपालिकाका अध्यक्ष वुढा वताउँछन् । निरिक्षक वोहोरा नौमूलेमा आउनुभन्दा पहिला प्रहरीको समन्वय गाउँपालिका र स्थानीयसँग राम्रो रहेको स्थानीयवासी वताउँछन् ।
प्रहरी मेरो साथी, मु्स्कान सहितको सेवा, समुदायमा आधारीत साम्ुदायीक प्रहरी भएर जनताको विचमा गएर काम गर्न नेपाल प्रहरीले अभियान अगाडि वढाए पनि नौमुलेमा भने वोहराले आफ्नै दादागीरि देखाएर नेपाल प्रहरीको भनेको जनतालाई दुख दिने, तर्साउने, धम्काउने र दादागीरि गर्ने हो कि भन्ने भान पर्ने गरेको स्थानीय वुद्धिजीवी वताउँछन् ।
लोकतान्त्रिक गणतन्त्रमा यसरी द्धन्द्धकालिन समयको जस्तो ब्यवहार देखाउन थालेपछि स्थानीयलाई प्रहरीले जनताको रक्षा गर्न नभई दुःख दिने जस्तो गरेको देखिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मि प्रसाद वास्कोटालाई यस बारेमा टेलिफोन सम्पर्क गर्दा यसवारेमा आफुलाई केहि जानकारी नआएको वताएका छन् । उता प्रहरी निरिक्षक जनकबहादुर बोहोरालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।