दैलेख उद्योग वाणिज्य संघद्धारा नेपाल सरकार समक्ष मागपत्र पेश
मातृभूमी संवादता । १४ जेठ दैलेख
दैलेख उद्योग वाणिज्य संघले नेपाल सरकार समक्ष माग पत्र पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रममा नितिगत निर्णयहरु गर्न र आवश्यक वजेट विनियोजन गरी समृद्ध दैलेख जिल्ला वनाउन पहल गर्न नेपाल सरकार समक्ष माग पत्र पेश गरिएको हो ।
भारतको रुपैडिहा नाका देखी जमुनाहा–सुर्खेत–दैलेख सदरमुकाम–महाँवु हुँदै चिनको सिमाना नाक्चे लाग्ना जोड्ने सडकको तत्काल सर्वेगरी निर्माण गर्न पनि नेपाल सरकारसँग माग गरिएको छ । माग पत्रमा भनिएको छ ‘यदि यो नाका खोलिएको खण्डमा सिंगो कर्णाली प्रदेशको त्रिदेशिय व्यापार वढ्नुका साथै आयातमा प्रतिस्थापन भई निर्यात वढ्ने, उद्योग स्थापना हुने, आयआर्जनका क्रियाकलापहरु वढ्ने, आत्मनिर्भर, स्वारोजगारको अवसर वढ्ने र समृद्धि हाँसिल हुनेछ ।’
यस्तै दैलेख जिल्ला धार्मिक, ऐतिहाँसिक, पुरातात्वीक, साँस्कृतिक र प्राकृतिक रुपले धनि जिल्ला भएकाले यो सडक सदरमुकाम भएको गएको खण्डमा विश्वका पर्यटकहरु वढ्ने र अर्थतन्त्रमा पनि ठुलो फेरवदल भई त्रिदेशीय व्यापार वढ्ने जनाएईको छ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलवहादुर विकद्धारा हस्ताक्षरित माग पत्रमा यो सडक निर्माण भएको खण्डमा कर्णाली जोड्नका लागी एकतर्फि करिव ७५ किलोमिटर छोटो पर्ने हुँदा राज्यको लागानीमा मितव्ययिता हुनुका साथै इन्धनको आयातलाई पनि केहि प्रतिशत प्रतिस्थापन गर्न सकिने उल्लेख गरिएको छ ।
प्रतिनिधी सभाका सांसद रविन्द्रराज शर्मा, पार्वति विसुन्के, दुर्गवहादुर रोकाय र गजेन्द्रवहादुर महत समेतलाई वोधार्थ दिईएको मागपत्र पेश कार्यक्रममा प्रतिनिधी सभाका सांसद रविन्द्रराज शर्माले दैलेखको मध्यपहाडी, सुर्खेत–दैलेख–भैसीखोर–माहावु, रारा हुँदै चिनको सिमाना सम्मको सडक निर्माणका लागी नेपाल सरकारसँग आफुहरुले जोडदार माग उठाईरहेको र जसरी पनि यो पुरा गरेरै छाड्ने वताए ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलवहादुर विकले दैलेखको भविष्य मध्यपहाडी राजमार्ग, वाँकेको जमुनाहा देखी चिनको सिमाना जोड्ने सडकको तत्काल सर्वे गरी कामको सुरुवात गर्नु पर्ने नभए दैलेखको भविष्य अन्धकार रहेको वताए । उनले यसैवर्षको वजेटमा सन्तोष जनक वजेट विनियोजन नगरिए निजि क्षेत्र मौन भएर नवस्ने चेतावनी दिए ।
मागपत्र पेश कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरु शान्तिप्रसाद शर्मा, लछुमन श्रेष्ठ (राजु), यामवहादुर मल्ल, गणेशवहादुर श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।