नारायणका असल आमालाई प्रोत्साहन
मातृभूमी संवादता । १४ जेठ दैलेख
नारायण नगरपालिकाले नगरक्षेत्रका ९८ जना असल आमाहरुलाई प्रोत्साहन रकम प्रदान गरेको छ । नगरपालिकाले मंगलवार एक कार्यक्रमको आयोजना गरी ति आमाहरुले असल आमा अन्र्तगत मापदण्ड पुरा गरेको पाईएकोले जनही नगद २ हजार रुपैंया र प्रमाण पत्र प्रदान गरेको हो ।
असल आमा छनौट मापदण्ड अनुसार २० वर्ष उमेर पुगी विहे भएका, २ मात्र सन्तान भएका, ४ पटक गर्भ जाँच गरेका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, वच्चाको उमेर १५ महिना पुगी खोप तालिकाअनुसार सवै खोप पुरा गरेको भन्दै ति आमाहरुलाई प्रोत्साहन गरीएको नगरपालिका स्वास्थ्य संयोजक लालवहादुर खड्काले जानकारी दिए ।
यसैगरी सो कार्यक्रममा वडाहरुले पूर्ण खोपयुक्त वडा घोषणा प्रक्रिया पुरा गरेको भन्दै नगरपालिका अन्र्तगतका ११ वटै वडालाई प्रशंसा पत्र पनि प्रदान गरीएको छ भने खोप लगाउने कार्यमा संलग्न १४ जना स्वास्थ्यकर्मी र सुनौला हजार दिनको कार्यक्रमवारे समाचार लेखेको भन्दै स्थानिय पत्रकार भिम सिजापतिलाई पनि प्रशंसा पत्रले सम्मान गरीएको छ ।