चामुण्डाविन्द्रासैनीमा जेष्ठ नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न
मातृभूमी संवादता । १४ जेठ दैलेख
जेष्ठ नागरिक तथा सरोकारवाला बीच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिका महिला तथा बालबालिका सामाजिक विकास शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले जेष्ठ नागरिकको सम्मानका लागि आगामी दिनमा जेष्ठ नागरिक सम्मानित सुरक्षित मनोरञ्जन केन्द्र स्थापना गर्ने बताए । उनले भने ‘जेष्ठ नागरिकहरुको छुट्टै संसार छ, रमणिय वातारण चाहान्छन् ।’ ‘बृद्ध आश्रम बनाएर जेष्ठ नागरिकहरु सम्मानित हुदैनन् । जेष्ठ नागरिकलाई सम्मान र सुरक्षित बनाउन सम्मानित सुरक्षित मनोरञ्जन केन्द्र स्थापना गर्दैछौँ ।’
अन्तरक्रियामा सहभागिहरुले जेष्ठ नागरिकलाई स्थानीय तहबाटै परिचय पत्र वितरण गर्न जोड दिएका थिए । कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले लक्षित समुदायलाई पहिलो प्रथामिकता राखि नीति तथा कार्यक्रम बनाउने बताईन् । साथै जेष्ठ नागरिकका आश्यकतालाई ध्यानमा राखि सामाग्रीहरु वितरण गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिलक विकले परिवार र परिवारका सदस्यले जेष्ठ नागरिकका इच्छा चाहाना र (साइकोलोजी) ध्यानमा राखी व्यवहार गरेमा जेष्ठ नागरिक सम्मानित हुने बताए । सामाजिक विकास शाखा संयोजक तथा कार्यपालिका सदस्य दिनेश विकले कार्यविधि पास गरि नगरपालिकाबाटै जेष्ठ नागरिक परिचय पत्र वितरण गरिने बताए ।