आठविस नगरपालिकामा अन्तराष्ट्रिय महिनावारी तथा स्वच्छता दिवस सम्पन्न
मातृभूमी संवादता । १४ जेठ दैलेख
दैलेखको आठविस नगरपालिकामा छैटौँ अन्तराष्ट्रिय महिनावारी तथा स्वच्छता दिवस मनाईएको छ । एभरेष्ट क्लब दैलेखको सहजीकरण तथा आठबिस नगरपालिका विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था विद्यालय तथा बाल क्लबसंगको समन्वयमा छैटौ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस ‘मर्यादित महिनावारीः अव काम थालौ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो । दिवसका अवसरमा वक्तृत्वकला, महिनावारी चक्र खेल, मर्यादित महिनावारीका लागि सन्देश मूलक कार्यक्रम गरि दिवस मनाईएको जनाईएको छ ।
एभरेष्ट क्लब दैलेख अन्र्तगत संञ्चालित सुआहारा–२, नेपाली युवाहरुका लागि स्वास्थ्य रुपान्तरण परियोजना (एच.टि.एन.वाई.पि.) र महिला तथा बालिका माथि हुने हिसा न्यूनिकरणका लागि अभियान कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको जनाईएको छ । साथै उक्त कार्यक्रममा महिला, किशोरी, महिला स्वास्थ्य स्वयंमसेविका, खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य तथा पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, शिक्षकहरु तथा सुनौला हजार दिनका आमाहरु लगायत सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
साथै राकमकर्णालीको जनज्योती माध्यामिक विद्यालयमा सोसेक नेपाल दैलेख र एभरेष्ट क्लब दैलेखको संयुक्त सहजीकरणमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।