नागरीक समाजवाट सेवाको निगरानी

मातृभूमी संवादता । १४ जेठ दैलेख
जिल्ला स्थित नागरीक समाज संस्थाहरुले सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवावारे निगरानी गरेको छ । जिल्लाका दुई सामुदायिक विद्यालय र एउटा स्वास्थ्य संस्थामै पुगी नागरीक समाज संस्था र पत्रकार सम्मिलित सेवा निगरानी समुहले नीतिगत व्यवस्था र अनुगमन गर्दाको अवस्थावारे अध्ययन गरी आवश्यक सल्लाह सुझाव प्रदान गरेको छ ।
सो समुहले गुँरास गाउँपालिका ८ धरमपोखरामा रहेको मालिका माध्यामिक विद्यालय र सोही गाउँपालिका ४ मा रहेको रतिखोला स्वास्थ्य चौकीका साथै नारायण नगरपालिका १ नयाँ वजारमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा स्थलगत रुपमा अनुगमन तथा छलफल गरी सेवा निगरानीको मापदण्ड अनुसार सूचना संकलन समेत गरेको छ ।
निगरानी समुहले ति सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्थापन समिती, शिक्षक, स्वास्थ्यकर्मीसंंग प्रत्यक्ष रुपमा भेटघाट र छलफल गरी हालको अवस्थाको वारेमा जानकारी लिएको हो ।
गुँरास गाउँपालिका ८ धरमपोखरामा रहेको मालिका माध्यमिक विद्यालय र नारायण नगरपालिका १ नयाँ वजारमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा सो नागरीक समाजको सेवा निगरानी समुहले शिक्षक विद्यार्थीसँग अन्र्तक्रिया, वैठकहरुमा वालवालिकाको सहभागिता, विद्यालय व्यवस्थापन समितीको वैठक र गरीएका निर्णय, सामाजिक परिक्षण, भौतिक पुर्वाधार, कक्षा कोठाको व्यवस्थापन, पाठ्यसामग्रीको सहज उपलव्धता र पुस्तकालयको प्रयोग, खानेपानी र सरसफाईको अवस्थावारे अवलोकन गर्नुका साथै छलफल समेत गरेको थियो ।
त्यसैगरी सो समुहले विद्यालय खुलेको र पठनपाठन भएको दिन, शिक्षकको नियमितता, विद्यार्थीको सिकाई उपलव्धी, गुनासो व्यवस्थापन, आय व्ययको सार्वजनिकीकरण, छात्रवृत्ति वितरण प्रक्रिया लगायतका विषयमा जनप्रतिनिधी, व्यवस्थापन समितीका पदाधिकारी र शिक्षकहरुसंग अन्र्तक्रिया पनि गरेको थियो ।
सामुदायिक विद्यालयको सुदृढिकरणका लागि राम्रा कार्यहरुको चर्चा गर्दै सो निगरानी समुहले सुधार गर्नुपर्ने पक्षवारे आवश्यक सल्लाह सुझाव पनि प्रदान गरेको थियो । सो निगरानी समुहका संयोजक अधिवक्ता खड्गवहादुर सिजापतिले नीतिगत रुपमा सामुदायिक विद्यालयलाई सुधार गर्न विभिन्न व्यवस्थाहरु भएपनि कार्यान्वयन हुन नसकेको वताए । अनुगमन गरीएका ति सामुदायिक विद्यालयले त्रैमासिक रुपमा गर्नुपर्ने सामाजिक परिक्षणलाई आत्मसाथ गर्न नसक्नु मुख्य कमजोरी रहेको धारणा राखे ।
त्यस्तै निगरानी समुहले गुँरास गाउँपालिका ४ मा रहेको रतिखोला स्वास्थ्य चौकीमा स्थलगत अनुगमन गरी स्वास्थ्य चौकीमा रहेको जनशक्ति, स्वास्थ्यकर्मीको व्यवहार, स्वास्थ्य पहुँचको अवस्था, निःशुल्क वितरण गरीने औषधी, फोहरमैला व्यवस्थापन, भौतिक पुर्वाधार, व्यवस्थापन समितीको प्रभावकारीता, सूचना तथा कार्यप्रगतीको सार्वजनिकीकरण लगायतका जनसरोकारका विषयवस्तुमा व्यवस्थापन समितीका सदस्य र स्वास्थ्यकर्मीसंग छलफल तथा अन्र्तक्रिया गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *