रेडियो उद्घोण तथा आधारभुत पत्रकारीता तालिम सुरु
मातृभूमी संवादता । १४ जेठ दैलेख
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो ध्रुवतारा एफ.एम.को आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम शुरु भएको हो ।
सञ्चार माध्यायमहरुका लागी दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ रेडियो पत्रकारिता तथा उद्घोषण तालिम शुरु भएको छ । सञ्चार क्षेत्रमा रुचि भएका र केही गर्न चहानेहरुका लागी रेडियो धुर्वतारा एफ.एम ८९.८ मेगाहर्जको आयोजनामा सो तालिम शुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बिच नारायण नगरपालिकाका नगर प्रमुख रत्न खड्काले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले पत्रकार एउँटा दरीलो र विश्वासीलो पात्र भएको बताए । पत्रकार एउटा खम्बा भएको बताउँदै स्थानिय तहमा भए गरेका राम्रा नराम्रा कामको बारेमा कलम मार्फत अगाडी ल्याउनु पर्नेमा उनको जोड थियो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले पत्रकारको पनि आचार संहिता रहेकाले आफनो आचार सहिंतामा रहेर समाचार सम्पे्रषण गर्न सुझाव दिए । राज्यको चौथो अंग भएको पत्रकारीता क्षेत्र धमिलो हुन नहुने उनको तर्क रहेको थियो ।
नेपाल पत्रकार महाशंघका जिल्ला शाखाका अध्यक्ष तथा रेडियो ध्रुवतारा एफ.एम.का स्टेशन म्यानेजर चक्र केसीले गाउँ–गाउँमा लुकेर रहेका समाचार सूचना बाहिर ल्याउनका लागी प्रत्येक घरघरमा समेत पत्रकार हुनुपर्ने बताए । पत्रकारले जहिले पनि आवाज विहिनको आवाज बोल्नु पर्ने उनको तर्क रहेको थियो ।
उद्घाटन कार्यक्रमका सभापति एवं रेडियो ध्रुवतारा संचालक समितिका सदस्य नरेन्द्र थापाले पत्रकारीता क्षेत्र आफैमा चुनौतीपूर्ण काम रहेको भन्दै सधै सत्य तथ्यको मार्गमा मात्र लाग्न सुझाव दिएका थिए । राजनितिको खोल ओडेर पत्रकार बन्न नसकीने भन्दै निष्पक्ष पत्रकारीतामा लाग्नु पर्नेमा उनको जोड थियो ।
तालिममा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुले सहजिकरण गर्ने तालिमका संयोजक रमेश भट्टराइले जानकारी दिए । तालिम यहि जेष्ठ १८ गते सम्म सञ्चालन हुनेछ ।