गणतन्त्र दिवसमा प्रभातफेरी र दिपावली

मातृभूमी संवादता । १५ जेष्ठ दैलेख
गणतन्त्र दिवसको अवसरमा दैलेखमा वुधावार बिहान प्रभातफेरी र साँझ दिपावली कार्यक्रमको आयोजना गरिएको छ । नारायण नगरपालिकाको गणेशचोकवाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोक परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय परिसरमा आएर समापन भएको थियो ।
दिवसका अवसरमा वोल्ने अधिकांस वक्ताहरुले गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको बताएका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले तीन तहको सरकार बनिसकेकाले अब विकास निर्माणको जिम्मा हामी सबैको रहेको उल्लेख गर्दै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखेका थिए ।
प्रभात फेरीमा जिल्ला स्थीत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका जनप्रतिनिधी, जिल्ला समन्वय समितिका प्रमुख एवं सदस्यहरु, कर्मचारी, सुरक्षा निकाय, पत्रकार, सर्वसाधारण लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *