एसियन लाईफ ईन्स्योरेन्सद्धारा शिक्षा खर्च प्रदान
मातृभूमी संवादाता । १७ जेष्ठ दैलेख
गत मंसिर ८ गते महाँवु गाउँपालिका ५ गोत्रिमा काम गर्ने क्रममा ढुङ्गाले च्यापिएर मृत्यु भएका भैरवी गाउँपालिकाका रत्ने ठाडामगरका छोरा हरिवहादुर ठाडामगरलाई एक औपचाकि कार्यक्रमको आयोजना गरेर शिक्षा खर्च वापतको रकम हस्तान्तरण गरिएको छ । बिमा गरेको एक वर्ष नपुग्दै विमित हरिवहादुरका पिताको निधन भएपछि दैलेखमा रहेको एसियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले प्रत्येक महिनाको ३ हजारका दरले ६ महिनाको रु. १८ हजार रकम हस्तान्तरण गरिको हो ।
मृतकका आफन्त, कम्पनीका दैलख शाखाका ईन्चार्ज अंकवहादुर वुढा र भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा लगायतका व्यक्तिहरुको सहभागितामा रकम हस्तान्तरण गरिएको शाखा ईन्चार्ज वुढाले जानकारी दिए । एसियन लाईफ ईन्स्योरेन्सले हरिवहादुरलाई शिक्षा खर्च वापट प्रत्येक महिना ३ हजारका दरले १० वर्ष सम्म शिक्षा खर्च वेहोर्ने पनि ईन्चार्ज वुढाले वताए । उनले हरिवहादुर १६ वर्ष नपुगन्जेल सम्म वार्षिक १९,७३६ रुपैयाँको किस्ता विमा कम्पनीले तिरिदिने वताए । १५ वर्षे विमामा १ किस्ता मात्र तिरिएको छ ।