अभिमुखिकरण कार्यक्रम सम्पन्न

मातृभूमी संवादाता । १७ जेष्ठ दैलेख
भगवतिमाई गाउँपालिका ७ खोरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भैरव माध्यामिक विद्यालय खोर कक्षा ९ र १० मा अध्यनरत ८९ जना छात्र छात्राहरुलाई किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा बाल अधिकार विषयक एक दिने अभिमुखिकरण तालिम दिईएको हो । अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन र लुथरन विश्व फेडेरेसन नेपालको सहयोग र विद्यालयको समन्वय तथा समुदायमा आधारित संस्था महासंघ, दैलेखको आयोजनामा संचालन भएको कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, बालविवाह र बालविवाहले स्वास्थ्यमा पार्ने असर, बालअधिकार र बाल अधिकारका ४ वटा क्षेत्रहरुको वारेमा अभिमुखिकरण गरिएको थियो ।
संस्थाका टेक्निकल एडभाईजर राधा मल्ल र प्रशिक्षक दुर्गा लम्सालले कार्यक्रमको सहजीकरण गरेका थिए । कक्षा ९ का छात्र पुस्कर भण्डारीले यौन तथा प्रजनन स्वास्थ्यको वारेमा स्वास्थ्य कितावमा उल्लेख गरेता पनि आफुहरुले यसरी बाहिरी ज्ञान सिक्न पाउदाँ झनै बुझ्न सजिलो भएको वताए । उनले यस्ता खालका जनचेतना मुलक कार्यक्रमले व्यवहार परिवर्तन गर्नमा सहज बनाउने भएकोले पुनः पनि यस्ता कार्यक्रम संचालन गर्न अनुरोध समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *