महिला स्वास्थ्य स्यंमसेवीकालाई प्रोत्साहन रकम वितरण
मातृभूमी संवादाता । १७ जेष्ठ दैलेख
भैरवी गाउँपालिका ७ का महिला स्वास्थ्य स्यंमसेवीकालाई प्रोत्साहन रकम वितरण गरिएको छ । वडा नं. ७ वडा कार्यालयको आयोजनामा वडाभरीका ८ जना महिला स्वास्थ्य स्वयंमसेवीकालाई जनही ११ हजार ५ सयका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर वुढाले आगामी आर्थिक वर्षको वजेटमा विषेश प्राथमिकतामा राखि प्रोत्साहन भत्ता अझ वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा वोल्दै वडा नं. ७ का अध्यक्ष छविराम आचार्यले महिला स्वास्थ्य स्वंयमसेवीकाले दुरदराजका गाउँवस्तिमा निःस्वार्थ रुपमा पु¥याएको सेवाको उच्च प्रसंशा गर्दै अझै पनि यस्ता थुप्रै कार्यक्रम संचालन गरिने वताए । वडाअध्यक्ष आचार्यको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन वडा सचिव नमराज थापाले गरेका थिए ।