दुइ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

मातृभूमी संवादाता । १७ जेष्ठ दैलेख
जिल्लाको भगवतीमाई गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शुक्रवार र शनिवार दुई दिन सम्म संचालन हुने कार्यक्रमको उद्घाटनकै दिन सयौँले सेवा लिएका छन् । यस स्वास्थ्य शिविरमा झण्डै एक हजार सेवाग्राहिले सेवा अपेक्षा गरिएको छ । शिविरमा स्त्रीरोग, पाठेघर सम्बन्धी समस्या, नाक, कान, घाँटी, लगाएत सामान्यखाले सबै रोगहरुको उपचार भैरहेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।
एक्सरे, भिडियो एक्सरे लगाएत प्रविधि सहितको चेकजाँच, दन्त उपचार जस्ता महत्वपूर्ण सेवा गाउँमै उपलब्ध भएकोमा आफुहरु निकै हर्षित बनेको स्थानीयहरुले बताएका छन् । स्थानीय ८० वर्षिया दुर्ग अधिकारीले गाउँमै यसरी मेसिन ल्याएर चेकजाँच गरेको पहिलो पटक आफुले देखेको भन्दै गाउँघरमै निःशूल्क सेवा पाउनु आफुहरुको लागि निकै ठुलो उपहार भएको वताए ।
उद््घाटन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले निःशूल्क स्वास्थ्य शिविरको आयोजनाले आम जनताहरुमा खुसी छाएको बताए । उनले भने ‘अव चिन्ता नगर्नुस् । १५ शैयाको अस्पतालको डिपिआर भइसकेको छ । हाम्रै ठाउँमा ठुलो अस्पताल बन्छ । उपचार नपाएर मर्नु पर्दैन ।’ अव छिट्टै अस्पताल स्थापनाको लागि प्रक्रिया थालिने पनि उनले वताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथी नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले यस्ता शिविरहरु प्रत्येक वडा वडामा गर्नुपर्नेमा जोड दिए । उनले गाउँगाउँमा सिंहदरबारको नारा यसरी मात्र पुरा हुन सक्ने दावी गरे । रिपोर्टस क्लव दैलेखका कार्यवाहक अध्यक्ष अभिषेक अनुरागले गणतन्त्र दुःखी र गरिवहरुको लागि भएकोले यसको अधिकतम उपभोग गर्न आम जनताहरुलाई आग्रह गरे । उनले स्वास्थ्य शिविरले आम सर्वसाधारण जनताहरुलाई ठूलो राहत पु¥याएकोले यस संग सम्बन्धीत सबै जनालाई धन्यवाद समेत दिए ।
जिल्ला अस्पताल दैलेखका नायव सुब्बा तीर्थ जिसीले आम जनताहरुलाई जति सक्दो धेरैलाई यो सुविधा ग्रहण गर्न आग्रह गरे । अहिले सम्म एउटा मेडिकल अधिकृत नभएको गाउँपालिकामा कम्तीमा पनि एक हजार जनाले सेवा लिन आग्रह गरे । यस कार्यक्रमबाट जति सक्यो धेरै जनताले लाभ पाउने आफुहरुको उद्देश्य भएकोले यस अवसरको उपयोग गर्न अपिल गरे ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोग तथा भगवतीमाई गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय दैलेखको आयोजनामा विशेषज्ञ सहितको निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सामान्यतया सबैखाले रोगहरुको उपचार गरिने भएकोले यस क्षेत्रको लागि कार्यक्रमको प्रभावकारिता धेरै रहेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *