नगरमा तीव्र गतिमा विकास भइरहेको छ : उपमेयर खत्री

ताराकुमारी शाही (खत्री)

उपमेयर

चामुण्डाविन्द्रासैनी नगरपालिका, दैलेख

दाेस्राे संविधान सभावाट संविधान निर्माण भइ  देशमा संघीय व्यवस्था लागू भएको दुई वर्ष पूरा भएको छ । स्थानीय तहकाे निर्वाचन भएकाे पनि दुई वर्ष पुगी सकेकाे छ । यस अवधिमा निर्वाचित जनप्रतिनिधिले जनताका लागि के के काम गरेका छन् । २० वर्ष कर्मचारीले चलाएको स्थानीय तहमा जनताबाट प्रत्‍क्षय निर्वाचित भएर आएका प्रतिनिधिले कति काम गरे काम गर्दै जाँदा के के समस्या छन् । स्थानीय सरकार कसरी चलेका छन् । विकास निर्माणका काम कसरी भए ? दुई वर्षसम्म देखिने गरी के के काम भए बाँकी दिनमा आफ्नो स्थानीय तहलाई समृद्ध बनाउने योजना के के छन् ? लगाएतका विषयवस्तुमा रहेर चामुण्डा विन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री) सँ गरिएकाे कुराकानीकाे संम्पादित अंस ।
तपाँइकाे नरपालिकाले याे दुइ वर्षकाे अवधिमा विकासका कामलाइ कसरी अगाडी वढाएकाे छ ?
हामी निर्वाचित भएको पनि दुई वर्ष भएको छ । याे दुई वर्षको अवधिमा नगरमा तीव्र गतिमा विकास भइरहेको छ । समाजमा हुनुपर्ने सोचको विकास भएकाे छ । तर सोचको विकास नभएको देखिन्छ । भौतिक विकासको कुरा गर्दा दुई वर्षको अवधिसम्म केहि राम्रा काम भएको देखेकी छु । सङ्घीय व्यवस्था कार्यान्वयको चरणमा रहेकाले सामान्य समस्या पनि छन् ।
याे दुइ वर्षकाे अवधिमा प्रत्यक्ष जनताले अनुभुत गर्नेखालका के के काम गर्नुभयो ?
हामीले देखिने गरी स्वास्थ्य नीतिमा रहेर नौ वटा वडामा १५ वटा सहरी स्वास्थ्य क्लिनिक स्थापना गरेका छौँ । सबै स्वास्थ्य क्लिनिकमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरेर राखेका छौँ । कृषिका क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेका छन् । कृषि पकेट क्षेत्र घोषणा गरेर कामकाे सुरूवात गरेका छौँ । शिक्षा क्षेत्रमा मोडेल एरिया तोकिसकेका छौँ । खनिएका बाटोको स्तर उन्नति गर्नतर्फ ध्यान दिएका छौँ । हाम्रो नगरमा समावेशी तरीकाले विकास भइरहेको छ । दुई वर्ष नीति बनाउन तर्फ खटिएकै कारण काममा केही जटिलता देखिएकाे छ । अब लगातार विकास गर्ने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।
गएकाे चैत्रमा परेकाे असिनापानीले गहुँवालीमा निकै क्षति गर्याे असिनापीडित किसानका लागि के गर्नुभयो ?
यस क्षेत्रमा असिनाले ठूलो मात्रामा अन्नबालीमा क्षति पुर्‍याएकै हाे । हामीले अनुगमन गरी असिनापिडितका लागी भनेर एक करोड रुपैयाँ विनियोजन गरिसकेका छौँ । कार्यविधि बनाएर जनतालाई राहत वाँड्ने छाैँ ।
यहाँहरू निर्वाचित भैसके पश्चात काम गर्दै जाँदा केहि समस्याहरू पाउनुभयाे ?
जटिलता र समस्याको कुरा गर्ने हो भने थुप्रै छन् । संविधान नयाँ छ तर मान्छेका सोच पुरानै छन् । त्यो सोचमा काम गर्दा धेरै जटिलता भोग्नु परेको छ । संविधानले गरेका व्यवस्था जनस्तरसम्म पुर्‍याउन नसकिरहेको अवस्था छ । हामीले धेरै कुरा सिक्न बाँकी छ । महिलाहरूले प्रतिस्पर्धा गर्ने वातावरण अझै बनिसकेको छैन बालविवाह मुख्य चुनौतीको रूपमा देखिएको छ महिला भएकै कारण झनै ठुलो चुनौती छ । महिला भएकै कारण काम गर्न धेरै कठिनाइ हुने गरेको मैले पाएकाे छु ।
तपाँइहरूकाे भावी याेजना के छ ?
हामीले देशको विकास गर्न ‘सुखी नेपाल समृद्ध नेपाली’ को नारालाई अवलम्बन गर्दै संविधान तह कार्यपालिका न्यायपालिका व्यवस्थापिकाको व्यवस्थाअनुसार सोही व्यवस्थामा रही प्रतिस्पर्धी नभई सहयात्री हो भन्ने भावनाका साथ काम गर्यौ भने अवश्य पनि देशको विकास हुनेछ । सकारात्मक सोचका साथ अघि बढौँ सहयात्री भावनाको विकास गरौँ सबैलाई समान रूपमा हेरेर समान अवसर प्रदान गर्ने सोच राखेर गर्‍यौँ भने ‘सुखी नेपाली, खुसी कर्णालीका जनता’ भन्ने नारा सफल हुनेछ । हाम्राे याेजना पनि नगरपालिका समृद्द वनाउने र नगरवासीलाइ सुखी र अात्मनिर्भर वनाउने नै हाे ।
चुनवाताका यहाँहरूले युवाहरूलाइ राेजगारी दिने चर्काे नारा लगाउनुभएकाे थियाे अहिले के भइरहेकाे छ ?
बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरिसकेका छौँ । नेपाल सरकारको नीतिअनुसार नै युवाहरूलाई गाउँमै परिचालन गर्ने छौँ । हामीले पनि युवाहरूलाई कहाँ कुन काम दिन सकिन्छ भनेर योजना बनाएका छौँ । कुन व्यक्तिलाई कस्तो किसिमको काम दिने कस्तो काम दिँदा उसलाई राम्रो हुन्छ त्यो निर्धारण गरेर राेजगारी दिने तयारी गरिरहेका छौँ ।
तपाइकाे नगरपालिका लगाएत पश्चिम क्षेत्रमा छाउपढी समस्या निकै छ । यसलाई निराकरण गर्न केहि योजना बनाउनुभएको छ ?
हाे । तपाइले भने जस्तै पश्चिममा छाउपडि समस्या छ । हाम्रो नगरपालिकामा छाउपडीको विकराल अवस्था छैन । तर त्यहाँ केहि समय अगाडी केहि घटना भएकाले त्यो यहाँ छाउपडी अत्यधिक मात्रामा छ । भन्ने भयो । अहिले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । छाउपडी अन्त्य सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम जनस्तरसम्म पुर्‍याइरहेका छौँ । छाउपडी बार्न समाजले नै बाध्य बनाउने भएकाले समाजमा समविकास तालिम सञ्चालनमा ल्याएका छौँ ।
अन्त्यमा तपाँइ त नगरपालिकाकाे न्यायिक समितिकाे संयाेजक हुनुहुन्छ । न्याय सम्पादनमा कत्तिकाे समस्या छ ?
न्याय सम्पादनमा थुप्रै खालमा समस्याहरू छन् । हाम्रो नगरपालिकाकै कार्यालय छैन । इजलास नभएर पनि समस्या हुने गरेको छ । इजलासमा गरिने व्यवस्था परिपक्व ढङ्गले गरेका छौँ । राज्य बलियो बनाउनको लागि जनतालाई अधिकार सम्पन्न बनाउने हो भने न्यायपालिकाको व्यवस्थालाई अवलम्बन गर्न जरुरी छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *