पैसा तिरेर विभेद गर्ने दिन गए : सांसद विशुन्के

मातृभूमी संवादाता । २१ जेष्ठ दैलेख
पैसा तिरेर विभेद गर्ने दिनको अन्त्य भएको प्रतिनिधिसभा सदस्य पार्वती बशुन्केले बताएकी छन् । सोमबार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक सहयोग, स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको समन्वय र संघर्षशिल दलित सञ्जालले छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजित दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन् ‘विगतमा पैसा तिरेपछि विभेदबाट उन्मुक्ती हुन्थ्ये । वर्तमान समय कोही कसैले पनि पैसा तिरेर विभेद गर्न पाइदैन ।’
नेपालको संविधान २०७२ को धारा २४ ले कानून बनाई जातिय विभेद गर्नेलाई तीन महिना कैद र जरिवानाको व्यवस्था गरेको छ । सरकारले बनाएको छुवाछुत सम्बन्धि कानूनलाई कार्यान्वय गर्न स्थानीय तहको महत्वपुर्ण भूमिका रहेको उनले बताईन् । दलितहरु क्षमता भन्दा पनि अवसर नपाएर पछाडी परेकाले आगामी वर्षको बजेट दलित, महिला र गरिब मैत्री बनाउन उनलको सुझाव छ ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् स्थानीय तह दलित जनप्रतिनिधि मञ्जका अध्यक्ष दिनेशबहादुर विकले लक्षित वर्गको हकहितका निरन्तर आवाज उठाउने बताए । कार्यक्रममा दलित अधिकारकर्मि तथा पत्रकार अमर सुनारले जातिय विभेद विरुद्ध आफु निरन्तर लागि पर्नेमा जोड दिए । एक÷दुई जनाबाट मात्र जातिय विभेदलाई अन्त्य गर्न सकिदैन ।’ जातिय विभेदलाई नियन्त्रण गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडठा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मीले आगामी वर्ष लक्षित वर्गलाई प्रथामिकता राखि बजेट विनियोजित गर्ने बताए । नारायण नगरपालिकाका कार्यपालिका सदस्य हर्कबहादुर नेपालीले आर्थिक अभावले गर्दा दलित समुदायहरु पछि परेको बताए । ‘जबसम्म दलित समुदाय आर्थिक रुपमा बलियो हुदैनन्, तबसम्म दलित समुदाय माथि विभेद कायम रहने बताए ।
यसैगरी कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका विषय विज्ञ एवम् बुद्धिजिवि परिषद् दैलेखका सचिव रविन्द्रबहादुर शाहीले नगरपालिकाले दलित मैत्री कार्यक्रमलाई जोड दिएको बताए । दलितको सम्मानका लागि नगरपालिकाले अमरसिंह ढोली शालिक निर्माण गर्न थालेको जानकारी दिए । अझैपनि आफू माथि गैरदलितले विभेद गर्छन् भन्ने मानसिकता छ ।’ त्यो मानसिकताबाट माथि उठ्न जरुरी रहेको उनको भनाई छ ।
सघर्षशिल दलित संजालका नगर अध्यक्ष मदबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य एवम् दलित अगुवाको उपस्थिति रहेको थियो ।
१० जना सम्मानित
यसैगरी दलित समुदायबाट दलितको हक हितको सावलमा उल्लेखनिय योगदान पु¥याउने १० जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा प्रतिनिधि सभा सदस्य पार्वती विशुन्के, चामुण्डाविन्द्रासैनी नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत तिलक, दलित अधिकारकर्मि एवम् पत्रकार अमर सुनार, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ का लक्ष्मी विक, वडा १ का हर्कबहादुर विक, वडा नं. ३ का धिर्जबहादुर विक, अमरकुमार नेपाली, वडा नं. ६ का उजिरबहादुर विक, देउचने कामी र वडा नं. ५ का बसन्तकुमार विक रहेका छन् । लक्ष्मी शाखा अधिकृत हुन भने, धिरज, अमर नेपालीले उच्च शिक्षा उत्र्तिण गरेका छन् । यसैगरी उजिर, देउचने र बसन्त माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *