प्रथम मेयरकप भलिवलको उपाधी आर्मीलाई, विवाद रहित भएन

मातृभूमी संवादाता । २९ जेष्ठ दैलेख
दैलेखको नारायण नगरपालिकामा प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधी आर्मिले जितेको छ । इन्द्र दल गुल्म कांडाचौर व्यारेकको समुह ‘ए’ ले उपाधी उचालेको हो ।
स्थानीय टुँडिखेलमा भएको रोमान्चक खेलमा इन्द्र दलको समुह ‘ए’ र नारायणको समुह ‘ए’ विचको खेलमा दुई÷दुई सेट वरावर भएपछि फाईनल सेटमा आर्मिले नारायणलाई १५–१२ अंकको अन्तरले पछि पार्दै उपाधी उचालेको हो । उपाधी दावेदार मानिएको नारायणको समुह ‘ए’ ले द्धितिय स्थानमा चित्त वुझाएको छ ।
खेल क्षेत्रको विकास गर्ने उद्देश्य सहित भलिबल प्रतियोगिताको आयोजना गरिएको नारायण नगरपालिकाका मेयर रत्नवहादुर खड्काले वताए । खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको मेयर खड्काको भनाई छ । उनले भने ‘स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ । ग्रामिण क्षेत्रका खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना गरेका हौं ।’
भलिबल प्रतियोगिताको समापनमा वोल्ने अधिकांस वक्ताहरुले नगरपालिकाले भलिबल प्रतियोगिताको आयोजना गरेकाले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे । उनीहरुले स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेकोमा खुसी व्यक्त गरे । यसले सबै नागरिकलाई फाइदा हुने उनीहरुको विश्वास छ ।
नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा महावु गाउँपालिका, ग्रिनल्याण्ड चुप्रा, नारायण ‘ए’ र ‘वि’ इन्द्र दल गुल्म कांडाचौर व्यारेकको ‘ए’ र ‘वि’ गरी ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार नगद सहित कप, दोश्रो हुनेलाई नगद ३० हजार, तेश्रोलाई नगद २० हजार र सान्तवना स्थान प्राप्त गर्ने टिमलाई नगद १० हजार प्रदान गरिएको छ ।
दैलेखमा संचालन हुने हरेकजसो भलिवल प्रतियोगितामा विवाद हुने गरेको पाईएको छ । मेयरकप पनि विवाद भन्दा टाढा रहन सकेन । प्रतियोगितामा यसपटक पनि विवाद भएको छ । नारायण समुह ‘ए’ र ग्रिनल्यान्ड चुप्रावीचको खेल हुँदै गर्दा विवाद भएपछि चुप्रा तेस्रो स्थानका लागी प्रतिष्पर्धामा उर्तिएन । चुप्रा तेस्रो स्थानका लागी प्रतिष्पर्धामा नउर्तिए पछि स्वतःईन्द्र दल गुल्मको समुह ‘वि’ तृतिय भएको छ । यस्तै समापन खेलमा पनि विवाद भएपछि केहिवेरका लागी खेल स्थगित भएको थियो । खेल अवधिभर दर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *