मृत्यु दावी विमा रकम हस्तान्तण

मातृभूमी संवादाता । २९ जेष्ठ दैलेख
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दैलेखले नारायण नगरपालिका ६ विजौराका स्वर्गीय दिलबहादुर थापाको परिवारलाई जीवन बीमाबापतको मृत्युदावी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको दैलेख उपशाखाले वुधवार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरि मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दैलेखका प्रमुख गणेशबहादुर थापा र उपशाखा दैलेखका एजेन्सी मेनेजर रोकित कुमार रानाले मृतक परिवारलाई संयूक्त ५ लाख ११ हजार २ सयको चेक मृतकका वुवा चन्द्र थापालाई हस्तान्तण गरेका छन् ।
२ लाख ४० हजारको विमा गरेका स्वर्गीय दिलवहादुर थापाले दुई किस्ता ३२ हजार ६ सय २० रुपैया विमा रकम तिरेको थिए । विमा गरेको २ वर्षमै उनको र्दुघटना परि ज्यान गएको थियो । जीवन विमालेख अन्तरगत मृत्युदावी वापत २ लाख ४० हाजर, दुर्घटना वापत वापत २ लाख ४० हाजर र विमालेखको आर्जित वोनसवाट ३१ हजार २ सय गरी जम्मा ५ लाख ११ हजार २ सयको चेक घरमै पुगी हस्तान्तण गरिएको एजेन्सी मेनेजर रोहितकुमार रानाले वताए ।
विमा रकम हस्तान्तण कार्यक्रममा एजेन्सी मेनेजर रानाले कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा नहुने र केहि रकम पनि वचत हुने भएकाले सवैले जीवन विमा गर्न आवश्यक रहेको वताए । उपशाखा प्रमुख थापाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितहरुका लागि धेरै सेवा सुविधा दिएकाले पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स प्रति विमा गर्नेको सख्या वढेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *